५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025

चितुवाको छालासहित दाङमा दुई जना पक्राउ



दाङ ।
चितुवाको छालासहित प्रहरीले दाङबाट दुई जनालाई पक्राउ गरेको छ । दंगिशरण गाउँपालिका १ का चेतबहादुर पुन र २४ वर्षीय सौगात घर्तिलाई प्रहरीले चितुवाको छालासहित सोमबार बेलुकी ५ बजे घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
चितुवाको छाला बोकेर हिँडिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पछ्याउँदै जाने क्रममा दाङ घोराही उपमहानगरपालिका १४ को नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
उनीहरुले बोकेको झोला जाँच गर्दा झोलाभित्र प्लास्टिकको बोरामा लुकाइ राखेको टाउको (बङ्गरा) देखि पुच्छरसम्मको पूरै भाग भएको चितुवाको छाला भेटिएको हो । उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ माघ २०७६ मंगलबार ००:००  ७ : ५५ बजे