१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

वाणगंगा नदीको ठेक्का रद्ध



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नदीको ठेक्का रद्ध गरिएको छ । मंगलवार दिउँसो बसेको नगर कार्यपालिकाको वैठकले नदीको ठेक्का रद्ध गर्ने निर्णय गरेको हो ।
पाँच करोड भन्दा बढी कवुल रकममा ठेक्का लिनेगरी टेन्डर हालेको एन. बि. कन्स्ट्रक्सन (पहिलो पक्षले) नलिएपछि ओम सत्य साई (दोस्रो पक्षलाई) ठेक्का लिनका लागि नगरपालिकाले प्रकृया अगाडी बढाएको थियो ।
तर, यो दोस्रो पक्षले पनि ठेक्का नलिने भएपछि ठेक्का रद्ध गरिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । ठेक्कामा पहिलो र दोस्रो पक्ष मिलेको र रबि निर्माण सेवा (तेस्रो पक्ष) लाई ठेक्का दिदा राजश्व घाटा लाग्ने भएपछि ठेक्का रद्ध गरिएको नगर प्रबक्ता पौडेलले बताउनुभयो ।
नगर प्रबक्ता पौडेलले मायादेवीलाई बताएअनुसार नदीको ठेक्का रद्ध गरिएको र बुधवार नयाँ ठेक्का आह्वान गर्ने गरी प्रकृया अगाडी वढाईएको छ । यहि ठेक्कालाई लिएर पछिल्ला केहिदिन यता जनप्रतिनिधि र ठेकेदारको मिलेमतो भएको आशंका थियो तर मंगलवार बसको कार्यपालिका बैठकले ठेक्का रद्ध गर्ने निर्णय गरेपछि आशंका चिरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६ मंगलबार ००:००  ४ : २९ बजे