मायादेवी अनलाइन, कपिलवस्तु ।
स्थापनाको १२ बर्षपछि कपिलवस्तुका सामुदायिक रेडियोहरु पहिलोपटक संगठित भएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को केन्द्रिय सर्कुलर अनुसार मंगलबार शिवराज ५ चन्द्रौटामा भएको भेलाले सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति गठन गरेपछि रेडियोहरु संगठित भएका हुन् ।
अकोराबका प्रदेश ५ प्रमुख केपी घिमिरेको प्रमुख आतिथ्य र उपाध्यक्ष राजु खरालको विशेष आतिथ्यमा सम्पन्न भेलाले सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज बाणगंगा ४ सिद्धिपुरका संचालक समिति सदस्य तथा स्टेसन म्यानेजर चन्द्रकान्त शर्मा (न्यौपाने)लाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । सो समितिको सदस्यमा जिल्लाका अन्य सामुदायिक रेडियोका संचालक, स्टेसन म्यानेजर तथा प्रतिनिधि सदस्यमा रहेका छन् ।
कपिलवस्तुमा वि.सं. २०६५ सालमा तौलिहवामा सामुदायिक रेडियो कपिलवस्तु स्थापना भएको थियो । त्यसपछि जिल्लामा सामदायिक रेडियो खुल्ने क्रम तीव्र हुदै २०७६ सम्म आइपुग्दा १३ वटा रेडियो भइसक्दा समेत यसको समन्वयकारी निकाय थिएन । सामुदायिक रेडियोको यो १२ बर्षे दौरानमा उनीहरुको हक अधिकारको लागि काम गर्ने निकाय नहुदा रेडियोहरुले थुप्रै समस्या भोग्नु परेको थियो । संयोजक न्यौपानले अब नयाँ ढंगले सामुदायिक रेडियोको हकअधिकारको लागि काम गर्ने र एकरुपता ल्याउने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले आउँदै गरेको रेडियो दिवस कपिलवस्तुमा भव्यताका साथ मनाउने पनि बताउनु भएको छ । । प्रमुख अतिथि घिमिरेले केन्द्रको विधि र विधानमा रहेर काम गर्न नयाँ समितिलाई सुझाव दिनुभएको थियो । समन्वयकारी निकाय नहुँदा सामुदायिक रेडियो पछि परेको भन्दै न्यौपानेको नेतृत्वले सही काम गर्ने घिमिरेले विश्वास ब्यक्त गर्नुभयो । प्रदेश उपाध्यक्ष राजु खरालले कपिलवस्तुका सामुदायिक रेडियोको लागि यो खुसीको खबर रहेको बताउनु भयो ।
भेलामा सामुदायिक रेडियो बाणगंगाका अध्यक्ष दुर्गा केसी तथा सचिव ज्ञानु कार्की लगायतको आतिथ्य रहेको थियो । विगत १० बर्षदेखि संचार क्षेत्रमा आवद्ध रहनुभएका न्यौपानेसंग रेडियो, अनलाइन तथा टेलिभिजनमा काम गरेको अनुभव छ । अहिले उहाँ रेडियो मायादेवीसंगै मायादेवी अनलाइन डट कमको प्रधान सम्पादक र बिभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनहुन्छ ।
प्रतिक्रिया