२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

२५ वर्षपछि ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ



दाङ ।
कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ११ कटाहा निवासी ५१ वर्षीय निमबहादुर पाण्डे रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । दाङ देउखुरी जिल्ला अदालतले २०५१ जेष्ठ १८ गते उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद फैसला गरेको थियो ।
अदालतले दोषी ठहर गर्दै कैद सजाय फैसला गरेदेखि उनी फरार रहँदै आएका थिए । लुकीछिपी बसेको अवस्थामा मंगलबार बिहान तुलसीपुर बजार क्षेत्रबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कैद भुक्तानका लागि उनलाई अदालत उपस्थित गराइने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६ मंगलबार ००:००  ७ : ४७ बजे