१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मेयर किरण सिंहले नै बुझ्दैनन जगदीशपुर तालको महत्व, वडाध्यक्ष भन्छन्, एक पटक मेयरसंग ‘इन्टरभ्यू’ लिनुस !



मायादेवी अनलाइन, चारनम्बर ।
विश्व सिमसार सुचिमा सुचिकृत जगदीशपुर तालको विकासमा कपिलवस्तु नगरपालिकाको नै चासो नदेखिएको पाइएको छ । दक्षिण एसियाको सबैभन्दा ठूलो मानव निर्मित ताल समेत रहेको जगदीशपुर तालको विकासका लागि नगरपालिकाले चालु आवमा ‘एक सुको’ पनि पैसा छुट्टाएको छैन् ।
वडा नं. ९ का वडाध्यक्ष शिव वहादुर वाग्लले मायादेवीसंग कुराकानीको क्रममा जगदीशपुर तालको डिपिआर बनाएर अगाडी बढौंं भन्दै आएपनि कसैले नसुनेको गुनासो गर्नुभयो । पटक पटक नगर कार्यपालिकाको बैठकमा तालको विकासका लागि डिपिआर बनाएर अगाडी बढौं भन्दै आएको छु, तर कसैले सुनेको छैन्, यो विषयमा धेरै के भनौं ? एक पटक मेयरसंग इन्टरभ्यू लिनुस वडाध्यक्ष वाग्लेले भन्नुभयो । ‘वडामा बजेट निकै कम हुन्छ, चाहेर पनि सोचेजस्तो बजेट हाल्न सक्दैनौं । डिपिआर बिना प्रदेश र केन्द्र सरकारले बजेट दिदैन । त्यही डिपिआर बनाउने सार्मथ्र्य पनि भएन ।’
वडाध्यक्ष वाग्लेले यसो भनिरहदा मेयर तालको विकास प्रति सकारात्मक छैनन् भन्ने बुझ्न सकिन्छ ।

नेपाल सरकारले पनि जगदीशपुर ताललाई प्रमुख पर्यटकीय गन्तव्यस्थलको सुचिमा पनि राखेको छ । प्रदेश सरकारको पनि प्रमुख नजर यो तालमा परेको छ । तर, कपिलवस्तुका नगर प्रमुख किरण सिंह यसको चासोमा मौन जस्तै छन् । तालको विकासबारे कुरा गर्दा मेयर सिंहले ठाडै इन्कार गर्ने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार आइतबार २४ औं विश्व सिमसार दिवस तथा सातौं चरा महोत्सव गरियो तर नगर प्रमुख सिंह नै आएनन । यसले पनि मेयर सिंह ताल प्रति नकरात्मक छन भन्ने देखाउँछ । विगतको भन्दा विकासमा केही परिवर्तन देखा परेपनि सोचेजस्तो अझै हुन नसकेको हो । तालको सुन्दरीकरण, त्यहाँ पुग्ने बाटो अस्तव्यस्त छ । चोरी पैठारी लगभग रोकिए पनि यसको समग्र विकासमा राज्यको ध्यान पुग्न नसकेको हो । तालको रेखदेख र संरक्षणका लागि जगदीशपुर ताल बहुसरोकार मञ्च गठन गरेर अगाडी बढिएको छ ।
बाँकी अन्तर्वार्ता सुन्नुहोस

वडाध्यक्ष वाग्लेसंग रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जका लागि लिइएको अन्तर्वार्ता ।

प्रकाशित मिति : २० माघ २०७६ सोमबार ००:००  ७ : १४ बजे