८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

वडाध्यक्ष भन्छन्, ‘जगदीशपुर तालको विकास माग्दा हैरान भयौं’



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु नगरपालिकाका वडा अध्यक्ष मोहनलाल शर्माले जगदीशपुर तालको विकास माग्दा आफुहरु हैरान भएको बताउनुभएको छ । हरेक कार्यपालिका बैठकमा तालको विकासका लागि बजेट माग गरेपनि केही सुनुवाई नभएको शर्माको गुनासो छ । वडा नं. १० का वडाध्यक्ष रहनुभएका उहाँले नगरपालिकाले पर्यटन क्षेत्रलाई वेवास्था गर्दै आएको जिकिर गर्नुभयो ।
रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम ‘जनप्रतिनिधि’संग कुराकानीको क्रममा उहाँले जगदीशपुर ताल वडा नं. ९ र १० को मात्र हो भन्ने बुझाई नगर प्रमुख लगायतका साथीहरुको रहेको सुनाउनुभयो । ‘पटक पटक पर्यटकीय स्थलको लागि बजेट छुट्टाए विकास गरौं भन्दै आएको छु तर साथीहरुले पर्यटन के हो ? बुझ्दै बुझ्दैनन्, वडाध्यक्ष शर्माले अगाडी भन्नुभयो, “बाटो–घाटो बाहेक दिमागमा अरु केही छैन् ।”
लामो समय अध्यापन पेशालाई त्यागेर वडाध्यक्ष बन्नुभएका शर्माले पर्यटनको विकासविना समृद्धी सम्भव नभएको बताउनुभयो । बुद्धस्थलले भरिपूर्ण नगर भएपनि पर्यटन क्षेत्रलाई प्राथमिकता दिन नसकिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘जगदीशपुर ताल वाणगंगामा भएको भयो कस्तो हुन्थ्यो होला ? कल्पना गर्दै उहाँले भन्नुभयो, “अधिकांश जनताले कपिलवस्तु नगरपालिकामा भएको कारण पछाडि परेको अनुभूति गर्न थालेको उल्लेख गर्नुभयो ।”
विश्व सिमसार सुचिमा सुचिकृत जगदीशपुर ताल दक्षिण एसियाको सबैभन्दा ठूलो मानवनिर्मित ताल हो ।
बाँकी अन्तवार्ता सुन्नुहोस

वडा नं. १० का वडाध्यक्ष शर्मासंग जगदीशपुर तालको विकासबारे लिइएको अन्तर्वार्ता

प्रकाशित मिति : २१ माघ २०७६ मंगलबार ००:००  ७ : २३ बजे