६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

बाबुराम कम्युनिष्ट होइनन्, प्रचण्डले जनयुद्धमा धोका दिएः धनिश्वर पोख्रेल



मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य धनिश्वर पोख्रेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनमा धोका दिएको आरोप लगाउनु भएको छ ।
जनयुद्धको जगमा टेकेर अहिले सत्तामा रमाइरहेका प्रचण्डले संसदबादी ब्यवस्थाको दलदलमा फँसेर माओवादलाई तिलाञ्जली दिएको आरोप लगाउनु भएको हो ।
रेडियो मायादेवीको कार्यक्रम समय संवादमा विहीबार विहान कुरा गर्दै पाका कम्युनिष्ट नेता पोख्रेलले भारतीय विस्तारबाद र अमेरिकी साम्राज्यबादको गोटी बनेका प्रचण्डले हजारौँ सहिद र वेपत्ताहरुलाई लात हानेको भन्दै आक्रोश पोख्नुभयो ।
जनयुद्धका अर्का नाइके बाबुराम भट्टराई कम्युनिष्ट नै नभएको भन्दै उनले पनि कम्युनिष्ट आन्दोलनलाई कुठराघात गरेको उहाँको आरोप छ । अहिलेको सच्चा कम्युनिष्ट भनेको (क्रान्तिकारी माओबादी) नै भएको भन्दै जनयुद्धको बाँकी कार्यभार आफूहरुले पुरा गर्ने उहाँको दावी छ ।
वर्तमान (नेकपा) सरकारले गरेका हरेक निर्णयहरु राष्ट्रघाती भएको भन्दै एमसीसी नेपालमा भित्राएर अमेरिकी सेनालाई हावी गराउन खोजेको बताउनु भयो । शक्ति केन्द्र राष्ट्रहरु अमेरिका र चिनबीच अन्तरद्धन्द्ध रहेको स्मरण गराउँदै नेता पोख्रेलले चिनमाथि हमला गर्न अमेरिकाले नेपालको बाटो बनाउन एमसिसि नामक ‘कार्ड’ विछ्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “अमेरिकाबाट सिधै चिनलाई हमला गर्न नसक्ने हुनाले नेपाली भूमिलाई आफ्नो अधिनमा लिएर हमाल गर्ने उद्देश्य अनुरुप अमेरिकाले एमसीसीको प्रस्ताव राखेको छ । यो कुरालाई ओलि र दाहालले बुझ्न नसकेको बताउँदै उहाँले एमसीसीले नेपालको कुनैहित नगर्ने प्रष्ट पार्नुभयो । आफ्नो पार्टीले पनि एमसीसीका विरुद्धमा देशव्यापी आन्दोलन गर्ने उहाँको उद्घोष छ ।
लिपुलेक, कालापानी र लिम्पीयाधुरा नेपालको भूमि हुँदा हुँदै पनि वर्तमान सरकार लाचार बनेको उहाँको भनाई छ । नेपालको राष्ट्रियताको रक्षा गर्न संठन विस्तारको अभियान बोकेर आफ्नो पार्टी देश दौडाहामा रहेको उहाँले जानकारी गराउनु भयो ।

हेर्नुहोस उहाँसंगको कुराकानी

रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादमा बोल्दै नेता धनिश्वर पौडेल ।

प्रकाशित मिति : १ फाल्गुन २०७६ बिहिबार ००:००  ८ : ४३ बजे