२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

महिला उद्यमी र सरोकारवालाबीच अन्तरकृया



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु जिल्लाका महिला उद्यमी र सरोकारवालाहरुबीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । ब्यवसायिक रुपमै उद्यम गर्दै आएका महिलाहरुको समस्या लगायतका विषयमा छलफल भएको हो । कार्यक्रममा जिल्लाका उद्यमी महिलाहरुले सरोकारवालाबीच उद्यम गर्दाका समस्या, चुनौतीहरु राखेका थिए ।
उनीहरुले ब्यवस्थालाई अझ फस्टाउनको लागि आफुहरुलाई झोला बनाउने तालिम दिएमा प्रभावकारी हुने बताएका छन् । ढाका उद्यमी लक्ष्मी सारुले सरकारले उद्यम गर्ने महिलालई बिना धितो १५ लाख दिने भनेतापनि आफुहरुले नपाएको सुनाउनुभयो । बिना धितो ऋणको लागि कहाँ जाने भन्नेमै आन्योलता रहेको उहाँको गुनासो थियो ।
उद्यमी महिला अमृता बुढाथोकीले नेपालको मौलिकता बोकेका विभिन्न घरेलु सामग्रीको महत्व दर्शाउन प्रशिक्षणको आवश्यक्ता रहेको भन्दै त्यस्तो प्रकारको कार्यक्रमहरु ल्याउन सुझाव दिनुभयो ।
बुद्धभूमि अचार समुहका उद्यमी महिलाले अचार बनाउदा लसुन फोक्नमै समय बढी लाग्ने त्यसको लागि औजार भएमा ब्यवसायमा सहज हुने भएका छन् । कार्यक्रममा उद्यमी महिलाहरुको समस्या सुन्दै त्यसको समाधान गर्नेगरी आगामी योजना तथा कार्यक्रम ल्याउन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयकी राधा वाग्लेले प्रतिबद्धता जनाउनु भएको छ ।


प्रमुख अतिथि समेत रहनुभएका वाग्लेले उद्यमी महिलाहरुको सुझावलाई लिर्दै आगामी कार्यक्रम गर्ने भन्दै उहाले उहाहरुको गुनासो र सुझावकै लागि आफु अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उद्योग महाशाखा प्रमुख विजय सुवेदी, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशानलयका निर्देशक यम बहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो ।
विनय पुडासैनीको स्वागत मन्तब्य रहेको कार्यक्रममा घरेलु तथा साना उद्योगका प्रमुख राजन केसीले उद्योगसंग सम्बन्धित प्रस्तुतिकारण गर्नुभएको थियो । घरेलु तथा साना उद्योग कार्यलय कपिलवस्तुको आयोजनामा सम्पन्न कार्यक्रममा उद्यमी महिला तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६ बिहिबार ००:००  ८ : ५५ बजे