७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बगुंरपालेरै बार्षिक ८ लाख आम्दानी गरेको छुः रमेश थारु



राम अवतार चौधरी ।
रोजगारीको शिलशिलामा रमेश थारुले झण्डै दुई दशक विदेशी भूमिमा मरिमेटि काम गरे । उमेरले ४१ पुगेका थारु अब विदेश नजाने सोचमा हुनुहुन्छ । विदेशबाट फर्किएर उहाँले बंगुरपालन व्यवसाय अंगाल्नुभएको छ । कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ३, मदवा निवासी उनै थारुसंग व्यवासायका सम्भावना, चुनौतीका बारेमा गरिएको कुराकानी ।

मायादेवीः तपाईले बंगुरपालन व्यवसाय किन रोज्नु भयो ?
रमेशः आज भन्दा करिब २१ बर्ष पहिले म कतार गएको थिए । त्यहाँ धेरै दुःख भोगे । ४ बर्ष पश्चात म पुनः घर अर्थात् नेपाल फर्किए । विदेशबाट फर्किएको लगभग २ बर्ष पछि विदेश नजाने गाउँघरमै केही गर्ने सोच पलायो । अहिले त्यही सोचले बंगुरपालन व्यवसाय रोजेको हुँ ।

मायादेवीः तपाईले यस व्यवसायमा लाग्न कसरी उत्प्रेरणा पाउनुभयो ?
रमेशः म यस व्यवसाय दक्ष होइन् । यस सम्बन्धि कुनै तालिम पनि लिएको छैन् । गाउँघरमा साथीभाईले पालेको देख्दा लोभ लागेर व्यवसायमा हात हालेको हुँ । हो त्यही लोभले म पनि कस्तो हुँदो रहेछ भनेर तीन वटा जति बंगुर पालेर व्यवासय सुरुवात गरेको हुँ ।
व्यवसाय गर्दै जाँदा २०७३ सालमा रु.३० हजार नगरपालिकाबाट अनुदान प्राप्त गरे । त्यसले झनै मलाई उत्प्रेरणा मिल्यो । काम गर्दै जाँदा फेरि २०७५ सालमा करिब रू. ४ लाख अनुदान पाए पश्चात हाल माउ बंगुरसहित ३० वटा छन् । विस्तारै बंगुरको संख्या बढाउँदै गए । बजारका व्यापारीसँग नजिक हुन थाले । बजार व्यवस्थापनमा सहज भयो । हेरचाह गर्न पनि धेरै समय नलाग्ने, घरको अरु थप काम गर्न पनि सकिने । इन्टरनेटको सदुपयोग गर्दै युटुवमा हेरेर धेरै कुरा सिकेर व्यवसाय गरेको छु ।

मायादेवीः घरमा तपाई कति परिवार हुनुहुन्छ ? यस व्यवसायले जिविका चलाउँन कतिको सहज अथवा समस्या के भइरहेको छ ?
रमेशः तीन बच्चा, बुवा र श्रीमती सहित घरमा हामी ६ परिवार छौँ । व्यवसायले गर्दा परिवार पाल्न एकदमै सहज भएको छ ।

मायादेवीः बार्षिक कति आम्दानी गर्नुहुन्छ ?
रमेशः यस पेशा अंगाले पछि कम्तिमा एक बर्ष जति पर्खिनु पर्छ । दाना लगायत अन्य क्षेत्रमा खर्च पनि राम्रै गर्नुपर्छ । मैले बार्षिक ८ लाख आम्दानी गर्ने गरेको छु ।

मायादेवीः तपाईले सुरुमा यो पेशामा लाग्दा बंगुरका बच्चाहरू कहाँबाट ल्याउनु हुन्थ्यो र अहिले कहाँबाट ल्याउनु हुन्छ ?
रमेशः सुरुवात मैले यहि शिवराज नगरपालिका भित्रैबाट सुरुवात गरेको थिए । र अहिले दाङ लगायतका स्थानबाट बच्चाहरू ल्याने गरेको छु । त्यसबाट मलाई राम्रो आम्दानी भएको छ ।

मायादेवीः बंगुरका जात कति छन् ? कसरी चिन्ने ?
रमेशः मैले जाने अनुसार चुच्चे, खेदहा, दिउरो, लेन्ड्रेस र बख्रीबस गरी ५ जातका बगुंर पाइन्छन् ।

मायादेवीः दिनमा बंगुर फर्मतिर कति समय खर्चिनुहुन्छ ? घरको अन्य काममा परिवारलाई कसरी सघाउनु भएको छ ? घर परिवारको सर्पाेट छ कि छैन् ?
रमेशः म दिनको करिब चार घण्टा व्यवसायमा समय दिन्छु । घरको अरु काम संगै सामाजिक काममा पनि अग्रसर भएको छु । मेरो घर परिवारको एकदमै राम्रो साथ छ ।

मायादेवीः तपाई बंगुर पेशामा रमाउँदै गर्दा तपाईंको आफन्तजन, इष्टमित्र, छरछिमेकीले कुन दृष्टिले हेर्ने गरेका छन् ?
रमेशः समग्रमा भन्नु पर्दा एकदमै राम्रो दृष्टिकोणले हेर्ने गरेका छन् । अधिकांशले थारु समुदाय लगायत अन्य समुदायका लागि एक उदाहरणीय काम गर्यौं भनेर प्रशंसा गर्छन् । यस व्यवसायबाट अरुले पनि केही सिक्न पाए भनेर खुसी हुन्छन् । तर कतिपयले यो त फोहोरी काम हो पनि भन्छन् ।

मायादेवीः तपाईले सम्बन्धित निकाय तथा स्थानीय सरकारबाट के अपेक्षा गर्नुभएको छ ?
रमेशः कतैबाट सहयोग प्रदान भए आफ्नो व्यवसायलाई झन विस्तार गर्ने थिए । गाउँघरका युवाहरूलाई रोजगार दिन सक्थे । मूलुकको राजश्वमा पनि राम्रै फाइदा पुग्थ्यो । सिपमूलुक कृषिको विकास गरी झनै आत्मनिर्भर भएर व्यवसाय अगाडी बढाउने सोचमा छु ।

प्रकाशित मिति : २ फाल्गुन २०७६ शुक्रबार ००:००  ५ : २७ बजे