१६ जेष्ठ २०८१, बुधबार | Wed May 29 2024

घोराही पनि सडकमानवमुक्त नगर घोषणा



दाङ ।
दाङको घोराही उपमहानगरपालिकालाई पनि सडकमानवमुक्त नगर घोषणा गरिएको छ । एक कार्यक्रम गरी मानवले मानवलाई मानवको रुपमा माया, ममता र सहयोग गरौँ भन्ने नाराका साथ उपमहानगरलाई बेवारिसे सडकमानवमुक्त नगर घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दै पूर्व सभामुख कृष्णबहादुर महराले समाजमा विकृति र विसंगति धेरै भएमा राज्य अस्वस्थ हुने बताउनुभयो ।
उहाले राज्य स्वस्थ भएमात्र सबै स्वस्थ हुनेसमेत बताउनुभयो । त्यसैगरी, उपमहानगरका प्रमुख नरुलाल चौधरीले कुनै पनि व्यक्तिलाई परिवारले नै घरमा माया ममता र संरक्षणका साथ राख्नुपर्ने सन्देश दिँदै निलसागर सेवा आश्रम सिसहनिया दाङको सहकार्यमा उपमहानगरले नगरलाई बेवारिसे मानवमुक्त नगर घोषणा गरेको बताउनुभयो । यसअघि, बाँकेको खजुरा गाउँपालिकालाई पहिलोपटक मानवसडकमुक्त घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६ शनिबार ००:००  २ : ११ बजे