१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

गुल्मीमा एक पुरुष मृत फेला



गुल्मी ।
गुल्मीको धुर्कोटमा एक जना व्यक्ति मृत फेला परेका छन् ।धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा नाम थर नखुलेको अन्दाजी ७५ वर्षिय पुरुष व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए । शवलाई पोष्टमार्टम गरी गुल्मी अस्पतालमा राखिएको उनले बताए ।
त्यस्तै प्रहरीले तम्घासमा मृत फेला परेका एक बेवारिसे शवको सदगत गरेको छ । कहीँ कतैबाट पनि मृतकको पहिचाहन हुन नसकेपछि बेवारिसे शवको सदगत गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित वालमन्दिरमा बिरामी अवस्थामा फेला परेका नाम थर वतन नखुलेका व्यक्तिको गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६ सोमबार ००:००  ३ : १६ बजे