परासी ।
पश्चिम नवलपरासीको भुजहजामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । सिमा अतिक्रमण भएका जिल्ला र राजस्व चुहावट हुने संवेदनशील क्षेत्रमा थप सुरक्षा पोष्ट थप गर्ने योजना अनुसार पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ भुजहवामा सशस्त्रले सुरक्षा पोष्ट स्थापना गरेको हो ।
प्रदेश नम्बर ५ का डीआईजी नारायणदत्त पौडेलले पोष्टको उद्घाटन गरे। जिल्लाको भारतीय सिमा नाकामा तीन ओटा पोष्ट स्थापनाका लागि स्वीकृत भएको छ। २८ किलोमिटर भारतीय सिमानासँग जोडिएको नवलपरासीमा अन्य दुई ओटा सुरक्षा पोष्ट थप गर्न स्थानको खोजी भइरहेको छ।अहिले गृह मन्त्रालयले भुजहवा, पाल्हीनन्दनको गेर्मी र सुस्ता गाउँपालिकाको रामनगरमा पोस्ट स्थापना गर्न स्वीकृत दिएको छ ।
भारततर्फ भारतीय सिमा सुरक्षा बल एसएसबीले प्रति तीन किलोमिटरमा स्थायी पोष्ट र आवश्यकता अनुसार अस्थायी पोष्ट राखेको छ। तर नेपालमा भने २८ किलोमिटर सिमानामा चार ओटा पोष्ट छन् ।
१९ फाल्गुन २०७६ सोमबार ००:००
0
Shares







प्रतिक्रिया