७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

पुराना बामपन्थी नेता ज्ञवाली भन्छन्, ‘नेपालमा अझै अर्को विद्रोह आवश्यक छ’



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाली कम्युनिष्ट आन्दोलनका तेस्रो पुस्ताका नेता मेगराज ज्ञवालीले नेपालमा अझै अर्को विद्रोह आवश्यक रहेको बताउनुभएको छ । कम्युनिष्ट विचार पछिल्लो समय च्यूत भएको प्रशंग कोट्याउँदै नेता ज्ञवालीले अहिलेको व्यवस्थाबाट समाजबाद आउन नसक्ने ठोकुवा गर्नुभयो । ‘हामी कम्युनिष्ट आन्दोलनमा अहिलेकै व्यवस्था ल्याउनका लागि लागेका थिएनौं, रेडियो मायादेवीको स्टुडियोमा बुधबार विहान कार्यक्रम समय सम्बादमा अन्तर्वार्ता दिदै नेता ज्ञवालीले भन्नुभयो, “नेपालमा फेरी समाजबादी व्यवस्था ल्याउनका लागि अर्को विद्रोह आवश्यक देखियो ।”
विद्रोह कस्तो प्रकारको गर्ने भन्ने प्रश्नमा त्यो चाहेजस्तो नहुने उहाँले प्रतिक्रिया दिनुभयो । माओबादी विद्रोह पनि परिस्थितीले निम्त्याए पछि भएको हो, विद्रोह यस्तो हुन्छ भन्न सकिन्न, परिवर्तन ल्याउनका लागि जे पनि हुन सक्छ ! उहाँले भन्नुभयो ।
नेपालका नेताहरुमा आत्मसुरक्षाको खतरा पनि ज्ञवालीले देख्नुभएको छ । हरेक नेताहरुका सल्लाहकार रअका एजेन्ट रहेको टिप्पणी गर्दै उहाँले पछिल्लो समय राष्ट्रियता खतरामा परेको बताउनुभयो । केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उहाँले देखाउनुभएको राष्ट्रवाद प्रति आफु खुलेरै समर्थनमा रहेपनि पछिल्लो समय एमसीसीबारे उहाँका भनाईले दुखित तुल्याउने गरेको उहाँले बताउनुभयो ।
जीवनभर गणतन्त्रका लागि लडेपनि पृथ्वी नारायण शाह, राजा महेन्द्र र विरेन्द्रलाई उहाँले राष्ट्रबादी राजाका रुपमा लिने बताउनुभयो । राष्ट्रबादी नेता बाच्न गाह्रो हुने बताउँदै मदन भण्डारी र राजा विरेन्द्रको हत्या पनि यसैको प्रमुख कडि रहेको उहाँले सुनाउनुभयो । ‘यहाँको परिस्थती ठिक छैन्, राष्ट्रबादी व्यक्ति कसरी मारिन्छन् भन्ने बुझ्न मदन भण्डारी र राजा विरेन्द्रको हत्यालाई नियाले पुग्छ उहाँले भन्नुभयो, “अहिलेका नेताहरुमा आत्मसुरक्षाको खतरा छ ।”
बाँकी अन्तर्वार्ता सुन्नुहोस

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  ८ : ११ बजे