८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गायक तिवारीले ल्याए ‘होली गीत’ बजारमा



अजय मिश्र, कृष्णनगर ।
कपिलवस्तु नगरपालिकाको वडा नं. ७ धमौली निवासी विभास तिवारी र कविता यादवले होली गीत सार्वजनिक गरेका छन् । रंगहरुको महान पर्वको होलीको अवसरमा बजारमा ल्याइएको होली गीतले दर्शक श्रोताको मन जित्नेमा आफु आशाबादी भएको गायक बताउँछन् । उनको विगतको “कावर” गीतले निकै दर्शक श्रोताको मन जितेको थियो ।
विकास श्रीवास्तवको निर्देशनमा तयार भएको भिडियोमा नृत्य निर्देशक आलोक नन्दन, कम्पोजर विभास तिवारी, शब्द विभास तिवारी र मोडलमा राधा रहेकी छन् । वेभ म्यूजिक कम्पनीले सार्वजनिक गरेको होली गीतको सुटिङ भारतको काशीमा भएको हो ।
साँस्कृतिक पर्व होली गीतले युवाहरुको मन र विश्वास जित्दै अगामी दिनमा दर्शकहरुको सुझावले अझ आफुले नयाँ नयाँ गीत बजारमा ल्याउने गायक तिवारीले बताए ।
हेर्नुहोस भिडियोबाट थप…

प्रकाशित मिति : २५ फाल्गुन २०७६ आइतबार ००:००  ११ : ०२ बजे