६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

नवलपरासीका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा



नवलपरासी ।
डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का सहायक वन अधिकृत कृष्णबहादुर देवकोटाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
नियम अनुसारनै लिलाम बिक्री सदर भएको काठको छोडपुर्जी दिने क्रममा दुई लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देवकोटासहित सोही कार्यालयका सहयोगी प्रमोदकुमार तेलीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।
टेण्डरको काठ उठाए बापत घुस माग्ने गरेको सूचनाको आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा सहयाक वन अधिकृत देवकोटाले कार्यालय सहयोगीमार्फत घुस लिन लगाएर राखेको अवस्थामा उक्त रकम बरामद भएको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६ मंगलबार ००:००  ५ : ३२ बजे