रेडियो   टिभी

बुद्धभूमिले गोरुसिंगेमा बनायो ५ बेडको क्वारेनटाइन


मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले क्वरोनटाइन बनाएको छ । कोरोनासंग मिल्दो लक्षण देखिएका बिरामीलाई राख्न क्वारेनटाइन स्थापना गरिएको हो ।
बुद्धभूमिको गोरुसिंगेमा रहेको थारु कल्याणकारिणी सभाहलमा क्वारेन्टाइनका लागि ५ वटा वेड राखिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोनाको लक्षण देखिएका विरामाीको क्वरेनटाइनमा राखेर औषधि गरिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
कोरोना भाइरसबारे जिल्लामा सबैभन्दा अगाडी सचेतना जगाउने कार्यक्रम गर्दै आएको बुद्धभूमिले क्वारेनटाइन बनाएसंगै सरोकारवालाले प्रशंसा गरेका छन ।

प्रतिक्रिया दिनुहोस