८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

‘लकडाउन’ सरकारको लागि होइन, जनता कै सुरक्षाको लागि हो !



चन्द्रकान्त न्यौपाने ।
सरकारले मुलुकलाई लकडाउन गरेको छ । कोरोनाको सम्भावित जोखिमबाट बच्न सरकारले मुलुकलाई लकडाउन गरेको हो । सरकारले कोरोनाबाट बच्न सम्भवतहः सबै तयारी गरेको छ र कुनै कसर बाँकी राखेको छैन । आफ्नो भएभरको संयन्त्र उपयोग गरेर यतिवेला सरकार कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लागिरहेको छ । चीनले सुरु गरेको लकडाउनको उपाय अहिले प्राय सबै मुलुकले अबलम्बन गरिरहेका छन् । अध्ययनका अनुसार कोरानाबाट बच्ने उपाय भनेकै ब्यक्ति सम्पर्कबाट टाढा रहनु हो । तर नेपालीले भने यस कुरामा फेरी लापरबाही सुरु गरेका छन् । दुवईमा सबैलाई रोक लगाइरहेको अवस्थामा ठुलो जमातमा नेपाली कामदार जम्मा भएर हल्ला गरेर समुद्र छेउमा बसे । त्यसपछि त्यहाँको सरकारले उनीहरुलाई लखेट्न बाध्य मात्र भएन सबैलाई घर फर्काउने भन्यो । यो नेपाली प्रवृत्तिले नेपालीको शिर गिरेको छ । यस्तो प्रवृत्ति एक सामान्य व्यक्तिदेखि सरकारको जिम्मेवार निकायमा पुगेका कर्मचारी र जनप्रतिनिधिमा जति पनि देख्न सकिन्छ ।
भर्खरै कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीसहितको जनप्रतिनिधिको जम्बो टोली नगरका सबै सेवा बन्द गरी जिल्ला प्रशासन कार्यालय कैलालीले लगाएको निषेधाज्ञाको उल्लंघन गर्दै पर्यटकीयस्थल चिसापानीमा आयोजित खानपिनमा सहभागी भएका कारण पनि हाम्रो प्रवृत्तिको उदाङ्गो भएको छ । विश्वमा माहामारीका रूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को संम्भावित जोखिमवाट बच्न भन्दै सोमबार बिहान नगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको सूचना निकाल्यो । तर, सोमबार नै नगरपालिका प्रमुखसहितको जम्बो टोली चिसापानीको सिद्धार्थ होटलमा भएको खानपिनसहितको कार्यक्रममा सहभागी भएको सार्वजनिक भएपछि आलोचना भएको छ ।
यता लकडाउन भइसकेको अवस्थामा सडकमा मोटरसाइकल र नीजि सवारी हुँइकिन भने छोडेका छैनन् । सामाजिक संजालमा धेरैले लकडाउनको उलंघनको फोटोहरु पोष्ट गरिरहेका छन् ।
रुपन्देही सैनामैनाका पत्रकार एवम् सामाजिक अभियान्ता क्रषि न्यौपानेले सैनामैना क्षेत्रमा लकडाउनको प्रभावकारीता देखिएन भनेर फेसबुकमा पोष्ट गर्दै लेख्नु भएको छ– लक डाउन भनेको बुझिएन ? मजाक !!! सूचना सम्प्रेषण गरेर मात्रै जिम्मेवारी पुरा हुने हो ? किन सम्बन्धित निकाय सबै सुतिरहेका होलान् ? इटाली हेर र छिटो कार्यान्वयनमा हिड !!! माइकिङ गर, मिडिया र सामाजिक अभियन्तेहरुलाई परिचालन गर ! सरकार ? बिग्रेपछि रोइलो गर्ने हाम्रो संस्कार हो । दबाबका लागि सक्दो छिटो धेरै शेयर गरौं !

राजेश राई नाम गरेका युकवले लेख्नु हुन्छ फेसबुकमा विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले भन्दैछ, ‘मानिसबीचको सम्पर्कमा कडाइ नगरे कोरोना नियन्त्रण बाहिर जान्छ ।’ सरकारले लकडाउन घोषणा गरेपछि पनि मान्छेहरु प्रहरीले सम्हाल्नै नसक्ने गरी बाहिर किन निस्किएका हुन् । कठै, हाम्रो चेतना

रुपन्देहीका केसी भरत नाम गरेका पत्रकार फेसबुकमा ब्यङ्गय गर्दै लेख्नु हुन्छ लकडाउन भन्ने सायद रुपन्देहीबाशीले बुझेनन कि क्या हो रु अब कफ्र्यु नै घोषणा गर्नुपरो । निवासबाट ठुलो ठुलो आवाजमा बुलेट मोटरसाइकल हुइक्किएको पो सुनिन्छ त ।

लकडाउनको बेला अत्यावश्यकीय सेवाबाहेक र अनुमति बेगरका सवारी साधन गुड्न निषेध गरे पनि नागरिक अचेत भएर त्यसको ठाडो उलङ्घन गरिरहेका छन् । लकडाउन उलङ्घन गर्नेलाई ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन्छ भनेर स्पष्ट रुपमा सरकारले स्पष्ट पारेको छ । तर पनि सडकमा अनुमति वेगर मोटरसाइकल लगायत गुडिरहेका देख्दा नेपाली प्रवृत्ती पति ‘टिठ’ लागेर आउँछ ।

मेरो प्रश्न छ कि ? लकडाउन कसको लागि हो ? नागरिकको लागि कि सरकारको लागि ? नागरिकको लागि हो भने किन हामी जानीजानी ठाडो उलङ्घन गरिरहेका छौँ । यदि सरकारको लागि हो भने तपाईले नियम मान्नै पर्दैन । जे मन लाग्छ त्यही गर्नुस् । तपाईलाई थाहा छ कोरोनाको रुप कस्तो छ ? संसारभरको कुनै तागतले रोकथाम गर्न नसकेको कोरोना नेपालमा फैलियो तपाईले कल्पना गर्न सक्नु हुन्छ यसले नेपालमा कुन रुप लेला ? अहिलेसम्म करिब २ सय मुलुक यस रोगबाट प्रताडित छन् । हाम्रो देशमा हरियो वत्ति निभेर कोरोनाको रातो बत्ति बलिसकेको छ ।

कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ हजार ४ सय ९५ पुगेको छ । सबैभन्दा धेरै इटलीमा ६ हजार ७७ को मृत्यु भएको छ भने संक्रमितको संख्या झण्डै ६४ हजार पुगेको छ । स्पेनमा पनि २ हजार बढी मरिसकेका छन् । अमेरिकामा १ सय ३२ जनाको मृत्यु भएको छ भने झण्डै १० हजार नयाँ विरामी भेटिएका छन् । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसका कारण १० जनाको ज्यान गइसकेको छ भने कुल संक्रमितको संख्या ४९९ पुगेको छ । यस्तो भयाभव अवस्थामा समेत हामी लापरबाही गर्न छोडेका छैनौँ । त्यसैले हामी सरकारलाई असफल बनाउन यो सब हर्कत गरिरहेका छौँ कि आफ्नो काल निम्त्याइरहेका छौँ एकपटक सोच्न जरुरी छ । नियम उलङ्घन गर्नेहरुले चीनको सफलताबाट धेरै सन्देश लिन जरुरी छ ।

११ मिलियनभन्दा बढी मानिसको बसोवास रहेको वुहानमा २०१९ डिसेम्बर अन्तमा नयाँ भाइरस देखियो । भाइरसको संक्रमण फैलिँदै गएपछि ३१ डिसेम्बरमा चीनले विश्व स्वास्थ्य संगठनलाई निमोनियाजस्तै नयाँ बिरामीको संख्या बढेको जानकारी गरायो । त्यसपछि विश्वकै ध्यान चीनमा फैलिएको नयाँ भाइरसमा केन्द्रित भयो । वुहानमा दैनिक हजारौँको संख्यामा नयाँ मान्छेमा भाइरसको संक्रमण देखिन थाल्यो ।

पहिलोपटक ‘हुनन सी फुड मार्केट’ मा यो भाइरस देखिएको थियो  । जनावरबाट भाइरस फैलिएको आशंकामा चीनले ‘हुनन सी फुड मार्केट’ १ जनवरीमा बन्द ग¥यो । तैपनि भाइरस संक्रमितको संख्या कम भएन । नयाँ वर्षको रमझममा रमाइरहेको चीनले सुरुवातमा मान्छेबाट मान्छेमा कोरोनाको संक्रमण फैलिन्छ भन्ने कुरा पत्तै पाएन । भाइरसका कारण कसैको पनि मृत्यु नभएका कारण चीनले यसलाई गम्भीरतापूर्वक लिएन । तर, ९ जनवरीमा संक्रमणका कारण एकजनाको मृत्यु भएपछि चीन थोरै गम्भीर देखियो । भाइरस जाँच गर्ने किट तयार गर्दा गर्दै जनवरी दोस्रो साता सुरु भइसकेको थियो । जनवरी तेस्रो सातासम्म पुग्दा वुहानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढिसकेको थियो ।

चीनले २३ जनवरीमा वुहान सहर लकडाउन र्गयो । सार्वजनिक सवारीसाधन, रेल, विमान सञ्चालनमा प्रतिबन्ध लगायो । वुहान सहरबाट बाहिर जान र सहर भित्रिन प्रतिबन्ध लगायो । संसारभरका मानवअधिकारवादीले चिनियाँ कदमको आलोचना गरे । तर, विश्व स्वास्थ्य संगठनले भने लकडाउन गर्ने चिनियाँ निर्णयकै कारण वुहानबाहिर भाइरसको संक्रमण रोकिएको तथ्य प्रस्तुत र्गयो । एक महिना लामो लक डाउनपछि वुहान सहरको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको छ । सोमबारसम्म चीनमा नयाँ संक्रमितको संख्या ४६ मात्र छ । यो चीनको सफलता सरकारले गरेको प्रयासले मात्र सम्भव थिएन नागरिकको असल बयावहार र राष्ट्रिय समस्या बुझ्नु थियो । इटली र स्पेन भयावह अवस्थामा छन् किन कि त्यहाँ समयमा सरकारले पनि निर्णय पनि गरेन र जनताले पनि सरकारले भनेको मानेन् ।

अब हाम्रो देशको अवस्था तर्फ आऔँ । अहिले एक जनामा कोरोना पुष्टि भएको छ । कोराना आशंकामा अस्पताल भर्ना हुने क्रम रोकिएको छैन । एक जनामा कोराना देखिए पछि सरकारले पनि निर्मम निर्णय गर्दै लकडाउन गरेको छ । विश्वका करिब २ सय देशमा फैलिएको यो कोरोना नेपालमा यदि फैलिहाल्यो भने नेपालको कुनै तागत्ले रोक्ने वाला छैन । यो रोग नियन्त्रण गर्न सरकारसंग प्रशसत श्रोत साधन पनि छैन । उपकरण पनि छैन । जनशक्ति पनि छैन । अमेरिका र युरोपको त निद्रा हराम भइसको छ भने नेपालको नियति के होला ? आशा गरौँ नेपालले यस्तो नियति भोग्ने छैन । तर यो विश्वास कायम राख्न सम्पूर्ण नेपालीले अति संवेदनशिल भएर लक डाउनको यो एक हप्ते अवधिमा घर बाहिर निस्कनु हुँदैन । यो समय कामलाई महत्व दिने समय होइन । सरकारले बनाएको नियम र अराएका कुरा मान्ने समय हो । यो रोग कहाँ कहाँबाट कसरी फैलिरहेको छ अझै

विश्वमा रहस्यमय नै छ । यसले जुन देशलाई पनि क्षणभर मै सिध्याउन सक्छ । यस रोगका कारण विश्व दोश्रो विश्वयुद्धपछि कै भयानक अवस्थामा छ । औषधि पत्ता लागेको छैन । विस्तारै संसारलाई ध्वस्त पार्ने सुनामी शैलीमा यो रोग फैलिएपछि हामी भीँड भाँड गर्न किन रुचाउँदैछौँ ? सरकारले बाहिर नजाऊ भन्दा भन्दै किन बाहिर हिँडिरहेका छौँ । मोटरसाइकल, गाडी नचलाउनु भन्दा भन्दै के का लागि अटेरी गर्दै छौँ ? हामीमध्ये जो कोहीलाई पनि कोरोना हुन सक्छ । फेरि यो रोग ब्यक्ति सम्पर्कबाट विश्वभर सरिरहेको छ । लकडाउन कसका लागि ? सरकारका लागि हो ? मलाई कोराना छैन भन्ने लागेर अटेरी भइरहनु भएको छ भने हेक्का राख्नुस् तपाईले कोरोना बोकेर सम्पूर्ण नेपालीलाई सिध्याउँदै हुनहुन्छ । त्यसैले चीनका नागरिकबाट धेरै कुरा सिकेर कोरोनाबाट मुक्त हुन सबै प्रेरित होऔँ । सरकारले सबै गरिसक्यो अब दायित्व पुरा गर्ने जिम्मा हामी नागरिकको काँधमा छ । धन्यबाद ।
लेखक न्यौपाने मायादेवी अनलाइनका प्रधान सम्पादक हुनहुन्छ

प्रकाशित मिति : ११ चैत्र २०७६ मंगलबार ००:००  ९ : ४१ बजे