रेडियो   टिभी

कपिलवस्तुमा कर्फ्यू उल्लंघन गर्ने सात जना पक्राउ


अजय मिश्र, कृष्णनगर ।

निषेधाज्ञा उल्लंघन गर्ने सात जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जारी गरेको निषेधाज्ञा लाई उल्लंघन गर्ने ७ जनालाई इलाका प्रहरी कार्यालय कृष्णनगरले नियंत्रणमा लिएको हो ।कृष्णनगर र कृष्णनगर मताहतका क्षेत्र बाट ७ जना लाई नियंत्रण मा लिइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिए । नियंत्रणमा लिएका सातै जनाको अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस