रेडियो   टिभी

कपिलवस्तुमा कर्फ्यू उल्लंघन गर्ने ५० मोटरसाइकलसहित १० जना पक्राउ


मायादेवी अनलाइन, तौलिहवा ।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा कपिलवस्तुमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि प्रशासनले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका थियो ।

निषेधाज्ञाको उल्लंघन गर्दै मोटरसाइलमा हिडेका १० जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक दीप शमसेर जबराले बताए ।
मयौदपुर, तौहिलवा, कृष्णनगर बहादुरगंज क्षेत्रबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस्तै नियम उल्लंघन गर्नै ५० बढी मोटरसाइकल समेत प्रहरीले नियन्त्रण्मा लिएको छ । प्रशासनले निषेधाज्ञा जारी गरे पनि कपिलवस्तुमा पूर्णरुपमा पालना भएको छैन ।

बाटोमा हिँडडुल गर्ने, मोटरसाइकलमा हिडेर नियमको उल्लंघन गरिएपछि कडाइ गर्न सो कदम चालिएको प्रहरी नायब उपरिक्षक राणाले बताए । नियन्त्रण्मा लिएकाहरुलाई एक पटकका लागि छाड्ने तयारी भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस