रेडियो   टिभी

शिवराजमा कर्फ्यू उल्लंघनः ५ ट्रक सहित ४० मोटरसाइकल नियन्त्रणमा


मायादेवी अनलाइन, चन्द्रौटा ।

प्रहरीले निशेद्याज्ञा उल्लङघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको छ । जिल्लाको शिवराज नगरपालिकामा कफ्र्यू उल्लंघन गर्ने विभिन्न सवारीलाई नियन्त्रणमा लिएको हो । शिवराज नगरपालिका भित्र लकडाउन उल्लघंन गरी चलाउने ५ ट्रक, ४० मोटरसाइकल र ३ वटा अटो रिक्सा लाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । प्रशासनले जारी गरेको कफ्र्यूको आज दोस्रो दिन प्रहरीले थप कडाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस