६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

शीतगंगाका विपन्न परिवारले पाए राहत



बिष्णु कुमार आले, अर्घाखाँची ।
बिश्वभरी फैलिएको कोरोना नेपालमा पनि भित्रिएको बेलामा निकै दयनिय अवस्थामा रहेका शीतगंगा ८ मा रहेका बिपन्न गरिव परिवारलाई वडा अध्यक्ष रूकेस आलेले राहत बितरण गरेका छन ।
बिपन्न परिवारमा उद्धार अभियान अनुसार संकलन भएको आर्थिक सहयोगबाट छोरा, छोरी कोही नभएका अति वेसाहरा बिपन्न परिवारलाई एक देखि दुई दुई बोरा चामल, दाल, तेल, नुन र साबुन अध्यक्ष आलेले एक कार्यक्रमको बिच बितरण गरेका छन ।
त्यस क्षेत्रमा संचालित शुभ श्री अग्नी सिमेन्ट उधोगबाट १५ हजार, दक्षिणकाली क्रसर उद्योगबाट १५ हजार र के.बि.जी.क्रसर उद्योगबाट ? ५ हजार प्राप्त सहयोग जम्मा ३५ हजार रकमबाट बिपन्न १२ घरपरिवारलाई खाध्यान्न वितरण गरिएको वडा अध्यक्ष रूकेस आलेले बताए ।
वडा नम्बर ८ सातमारा टोलका हिमा बिक, खिमा बिक, धोद्रेटोलका चेमता घर्र्ती, बल बहादुर बिक, पल्टेडाँडाटोलका निमकली बुढाथोकी, जङ्ग बहादुर कुमाल र लाहापे टोलका वीर बहादुर पुन, लोक बहादुर सुनार, बगाले कुमाल, भरत बुढाथोकी लगायतका १२ घरपरिवारलाई दैनिक उपभोग्य सामाग्री सहयोग गरिएको हो ।
कोरोना भाईरस सक्रमणका कारण सरकारले लकडाउन गरेपछि दैनिक उपभोग्य सामाग्रीको खडेरी परिरहेको अवस्थामा वडा अध्यक्ष आलेले देखाएको उद्धारता प्रति सम्मान व्यक्त गर्दै उनीहरूले धन्यबाद दिएका छन् ।
लकडाउनका समयमा काम गर्न नपाउँदा बिहान बेलुका हातमुख जोड्न धौंधौं भैरहेको बेला खाध्यान्न उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै पिपन्न परिवारले हाम्रो चराईरहेको घाँउमा मलामपट्टी लगाईदिएको बताएका छन् । प्रति वडाका जनप्रतिनिधि, सातामारा प्रहरी प्रमुख, स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ९ : ४६ बजे