४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

भीरमा अड्किएकी भारतीय महिलाको उद्दार



गुल्मी ।
मुसिकोट नगरपालिका वडा नं ७ को अर्छुङको भीरमा अडकिएकी एकजना भारतीय महिलालाई उद्दार गरी क्वारेन्टाइनमा पठाइएको छ। बुधबार साँझ करिब ६ बजेतिर अर्छुङको भीरमा देखिएकी महिलाको आज बिहान नेपाली सेना, मुसिकोट नगरपालिका र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो। हिजो रात परेकाले आज उद्दार गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले जानकारी दिए। उनी कसरी भीरमा अड्किइन्‌ भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। भारतको झारखण्ड घर भएकी ३० बर्षकी भुनालाई सकुशल उद्धार गरी अहिले मुसिकोट नगरपालिकाको रुद्धावती क्याम्पसमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ। उद्दार गरिएकी महिलाको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  १० : ४४ बजे