४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

तुलसीपुरमा एक व्यक्ति मृत फेला



तुलसीपुर ।
तुलसीपुरमा एक व्यक्ति मृत फेला परेका छन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौराको खेतमा बिहीबार बिहान मृत फेला परेका ती व्यक्ति तुलसीपुर १३ का ६२ वर्षीय लालबहादुर डाँगी रहेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता चक्रडम्मर पालका अनुसार डाँगी बुधबार बेलुका घरबाट हिँडेका थिए ।
डाँगीको मृत्युको कारण खुल्न नसकेको तथा घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक पालले जानकारी दिनुभयो । शव पोष्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  ५ : ०७ बजे