४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

घरायसी विवादमा भाइको कुटाईबाट दाइको मृत्यु



दाङ ।
घरायसी विवादमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका वडा नम्बर १ रसरिखोला निवासी २३ वर्षीय भाइ जसराम कामीको कुटपिटबाट ३२ वर्षीय दाइ प्रेम कामीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी इन्चार्ज भरतसिंह राठोरले जानकारी दिनुभयो । कुटपिट गर्ने व्यक्तिको खोजी गरिरहेको उनले बताउनुभयो । घटना बुधबार रातिको हो । घाइतेको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  ५ : २३ बजे