४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

क्वारेनटाइन अपाङ्गतामैत्री नभएकोप्रति अपाङ्ग उत्थानको ध्यानाकर्षण



दिपक खड्का, चन्द्रौटा ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्नको लागि मुलुक अहिले लकडाउनमा छ । गत चैत्र ११ गते सरकारले मुलुकलाई एक साताको लागि लकडाउन गरेको थियो । तर फेरी मन्त्री परिषदको बैठकले लकडाउन थप्ने निणर्य गर्दै चैत्र २५ गते सम्म लक डाउन गरेको छ । भारतीय सिमानाका संग जोडिएको कपिलवस्तुमा यसको संक्रमण फैलन नदिन जिल्ला प्रसासनले कपिलवस्तुमा निशेधाज्ञा जारी गरेको छ र बाहिरबाट आउनेको विशेष निगरानी गर्दै क्वारेन्टाइनमा राखेको छ ।
१० स्थानीय तर रहेको कपिलवस्तुका प्रत्येक स्थानीय तहमा क्वारेन्टाइन स्थापना गरिएको छ । तर स्थानिय तहले तयार पारेको क्वारेन्टाइन अपाङ्गतामैत्री नभएको भन्दै अपाङ्ग उत्थान समाज कपिलवस्तुले ध्यानाकषर्ण गराएको छ ।
समाजका जिल्ला अध्यक्ष कमल प्रसाद ढुङगानाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा हाल निर्माण गरिएको क्वारेन्टाइन पूर्ण रुपमा अपाङ्गतामैत्री नभएको भन्दै यस विषयमा संवेदनशिल बन्न सम्बन्धी निकायलाई आग्रह गरिएको छ ।
साथै कोरोना रोकथामका लागि बनाइएको सबै सुचनाहरु सबै खाले अपाङ्गता भएका ब्यक्तीको पहुँचमा नरहेकाले यस विषयमा पनि ध्यानाकर्षण गराउदै राहत तथा विभिन्न सचेतना मूलक गतिविधिमा अपाङ्गता भएका ब्यक्तीहरुद्धारा संचालित संघसंस्थाहरुसंग समन्वय गर्न माग गरेको छ ।
विभिन्न कार्य गर्दै आएका अति विपन्न अपाङ्गताभएका ब्यक्तीहरु अहिले घरमै रहेकाले उनिहरुलाई पनि विशेष ध्यानमा राख्न अपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  ७ : ४१ बजे