४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

कपिलवस्तुको शुद्धोधनले ६ सय विपन्न तथा मजदुर परिवारलाई राहत बाड्दैँ



मणी प्रसाद गैह्रे, तौलिहवा ।
भारतीय सिमावर्ती कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले ठूलो संख्यामा राहत वितरण गर्ने भएको छ । गाउँपालिकामा ६ वडाका झण्डै ६ सय घरपरिवारलाई राहत वितरण गर्ने तयारी गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रणको लागि लक डाउनको कारण गाउँपालिका क्षेत्र भित्र दैनिक रुपमा ज्यालादारी गरी खाने विपन्न, असाय परिवारलाई गाउँपालिकालाई तत्काल राहत उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले जानकारी दिनुभयो ।
गाउँ कार्यपालिका बैठकबाट गाउँपालिका क्षेत्र भित्रका प्रत्येक वडाका १÷१ सय गरी ६ वडाका ६ सय घरपरिवारलाई राहतवितरण गर्न लागिएको अध्यक्ष खांले बताउनुभयो ।
प्रत्येक वडाहरुमा वडा समितिमार्फत विपन्न तथा लक डाउनको समयमा काम गर्न नपाई खानपिनलाई समस्या भएका व्यक्तिहरुको तथ्याङ्क संकलन भैरहेको गाउँपालिकाकी उपाध्यक्ष सुधादेवी पाण्डेयले बताउनुभयो ।
गाउँपालिकाले प्रति घर परिवार १० केजी चामल, ५ केजी आलु, १ केजी प्याज, १ लिटर खाने तेल, २ केजी दाल वितरण गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६ शुक्रबार ००:००  ७ : ०३ बजे