४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गुल्मीमा निर्माण व्यवसायीद्वारा २० थान पीपीई सहयोग



गुल्मी ।
नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हुनबाट सतर्कता अपनाउन निर्माण व्यवसायी संघ गुल्मीले २० थान पीपीई सहयोग गरेको छ ।
निर्माण व्यावसायी संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मामार्फत गुल्मी अस्पताल तम्घास र स्वास्थ्य कार्यालयलाई पीपीई उपलब्ध गराएका हुन् ।
सहयोगले सबैलाई ऊर्जा थपेको बताउँदै विपद्मा समन्वय सहकार्य गर्ने निर्माण व्यवसायी संघलाई प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले धन्यवाद दिए ।
जिल्लामा यो सामग्री नभएका कारण काममा जोखिम भएको भन्दै चिकित्सकहरुमा मनौवैज्ञानिक त्रास सिर्जना भएको थियो । जिल्लामा पीपीई अभावलाई न्यूनिकरण गर्न सहयोग गरिएको संघका अध्यक्ष नारायण पोख्रेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७६ शुक्रबार ००:००  ७ : १७ बजे