२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

कोरोना भाइरसः दाङमा चार जना आइसोलेसन, २३ जना क्वारेन्टइनमा



दाङ ।
कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी महामारी बन्दै गएको समयमा दाङमा उच्च सतर्कता अपनाइएको छ । जिल्लाका दशवटै स्थानीय तहहरुले कोरोना भाइरस बिरुद्ध लड्न उच्च सतर्कता अपनाएको जनाएका छन् ।
कोरोना भाइरसको संक्रमणको आशंकामा जिल्लामा ४ जनालाई आइसोलेसन र २३ जनालाई क्वारेन्टाइनमा राखेर उपचार गराइरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समितिका सूचना अधिकारी कमल चन्दले जानकारी दिनुभयो । कोराना विशेष अस्पताल बेलझुण्डीमा ४ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको भन्दै चन्दले उनीहरुको स्वाव परिक्षणका लागि आज पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
दाङका विभिन्न स्थानमा गरी २३ जनालाई क्वारेन्टाइनमा राखेर उपचार गराइरहेको चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार बबई गाउँपालिकामा १३ जना, तुलसीपुर उपमहानगरपालिकामा ७ जना र घोराही उपमहानगरपालिकामा ३ जनालाई क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ ।
क्वारेन्टाइनमा बस्नेहरुको भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिहरु रहेको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  ७ : ५२ बजे