२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच जना डाक्टर बर्खास्त, संकटमा अस्पताल नआएको आरोप



बुटवल ।
कोरोनाको महामारीको संकटमा अस्पताल नआउने चिकित्सकमाथि कारबाही सुरू गरिएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो ८ः१० दिनदेखि बिना जानकारी अस्पतालमा उपस्थित भएका छैनन्।

अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले संकटको बेला अस्पतालको सेवाबाट पछि हट्ने जो कोहीलाई पनि राखिरहन आवश्यक नभएको बताए ।

अहिले कोरोनाको कारण सबैतिर संकट भएकोबेला सेवाबाट पछाडि हट्नेहरूलाई कारबाही प्रक्रिया सुरू गरिएको बताए ।

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा। वरदान वली र डा। तारा प्रसाद शर्मा, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, इएनटी विभागका डा। प्रकाश न्यौपाने, आकस्मिक विभागमा कार्यरत डा।प्रकृति कार्कीलाई सेवाबाट हटाइएको अध्यक्ष भट्टराईले जानकारी दिए।

नेपालमा पनि कोरोना संक्रमणका बिरामी भेटिन थालेपछि उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा उनुपस्थित थिए ।

चिकित्सक अनुपस्थित भएको थाहा पाएपछि प्रदेस ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको बेलामा पनि सेवामा नखटिने चिकित्सकहरूलाई कारबाही गर्न निर्देशन दिएका थिए।

मन्त्री बरालले सुत्केरी बिदा, काजक्रिया बिदा र बिरामी बिदा बाहेकका कुनै पनि बिदा स्वीकृत नगर्न र बिना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीहरूलाई कारबाही गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

अध्यक्ष भट्टराईले संकटको बेलामा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूलाई कारबाही गरिने बताए।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  ४ : ४६ बजे