१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यी हुन् सयपत्री फूलका औषधीय गुण र फाइदा



काठमाडौं ।
तिहारमा सबैभन्दा रुचाउने फूल हो सयपत्री । फूल भन्नेबित्तिकै प्रत्येक नेपालीले तिहार सम्झिन्छन् । किनकि, तिहारलाई फूलको चाड भनेर पनि बुझिन्छ । अनि तिहारको फूल भन्नेबित्तिकै सयपत्री फूलको सम्झना आइहाल्छ ।

तिहार, अन्य चाडपर्व तथा धार्मिक अनुष्ठानमा अत्यधिक प्रयोग हुने सयपत्री फूलको धार्मिक महत्व जति छ, वैज्ञानिक महत्व पनि त्यति नै छ । सयपत्री फूलका अनेकौँ फाइदा छन् । अर्थात सयपत्री फूलको माला जति सुन्दर देखिन्छ, यो त्यत्तिकै स्वास्थ्य उपयोगी पनि हुन्छ ।

सयपत्रीका किसिम

कोटेज रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो, स्विट क्रिमलगायत गरेर २५ थरी सयपत्री फूल पाइन्छन् । सयपत्री एउटा फूलको प्रजाति हो । यो फूल नेपालको प्रसिद्ध फूल हो । नेपालमा कलकत्ते जातको सयपत्री बढी खेती गरिन्छ । सयपत्री फूल विभिन्न रंग तथा साइजका हुन्छन् ।

यी हुन् सयपत्री फूलका औषधीय गुण र फाइदा

  • सयपत्री फूललाई सुकाएर चियाका रूपमा प्रयोग गर्न सकिन्छ र यसले पेटसम्बन्धी विभिन्न रोगजस्तै ग्यास्ट्रिक, अल्सर, पेटमा एसिड बढेको निको हुने गर्छ ।
  • सयपत्री फूललाई सुकाएर पिसेर लगाउनाले अनुहार चिल्लो हुन्छ । अनुहार देखिएका घाउ निको हुन्छन् ।
  • सयपत्रीको चास्नी बनाएर पिउनाले रुघाखोकी तथा ज्वरो ठीक हुन्छ ।
  • आँखा र छालामा हुने विभिन्न समस्याका लागि पनि सयपत्री फूलले औषधिको काम गरेको हुन्छ ।
  • क्यालेनदुला जातको सयपत्री फूलको सिरप ड्रपले दुखेको कानलाई धेरै आराम दिने काम गर्छ ।
  • सुकेको सयपत्री फूललाई तातो पानीमा हालेर नियमित पिउनाले मुखको अल्सर निको हुन्छ ।
  • ब्रेस्ट क्यान्सर हुनेले नियमित रूपमा सयपत्री फूल प्रयोग गर्नाले बिस्तारै कम हुँदै जान्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८ शुक्रबार ००:००  १ : १२ बजे