१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पश्चिम नवलपरासीमा कैदीबन्दीको मृत्यु



परासी ।
पश्चिम नवलपरासीमा एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार परासीमा सजाय भुक्तान गरिरहेका रुपन्देहीको रानिबगियाका ३५ वर्षीय शिवराज परियारको मृत्यु भएको हो । जन्डिसको बिरामी रहेका उनको उपचारका क्रममा बुधबार(आज) बिहान पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले बताए । मानव बेचबिखन मुद्दामा दोषी पाइएपछि १० वर्षको जेल सजाय सुनाइएका उनलाई २०७२ साल भदौ १० परासीस्थित कारागारमा ल्याइएको थियो । उनी विगत १०र१२ दिनदेखि बिरामी रहेको जेलर जगत बस्नेतले बताए ।

‘बिरामी परियारले औषधि सेवन गरिरहेका थिए । स्वास्थ्यमा पनि सुधार आएको थियो,’बस्नेतले भने,‘एक्कासी बुधबार बिहान अवस्था गम्भीर भएपछि उपचारको क्रममा मृत्यु भयो । ’ मृत्यु के कति कारणले भएको हो भन्ने बारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै एकिन हुने कारागार प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  ७ : ३० बजे