१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

माछा मार्ने क्रममा एक युवाको मृत्यु



दाङ ।

तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बाँसगढी निवासी ३७ वर्षीय बलबहादुर थापा मगरको मृत्यु भएको छ । विहीबार मध्यान्ह १२ बजेतिर तुलसीपुर १८ विजौरीस्थित मलवारले कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा थापालाई करेन्ट लागेको थियो । गम्भीर अवस्थामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बुधबार बेलुका राप्ती नदीमा नहाउने क्रममा अर्का एक युवाको डुवेर मृत्यु भएको थियो। लमही नगरपालिका वडा नं. ९ का २६ वर्षीय राजेश खड्काको नुहाउने क्रममा डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६ बिहिबार ००:००  ४ : १४ बजे