१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बाँकेमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला



बाँके ।
बाँकेको नेपालगन्जमा प्रहरी हवल्दारको घरमा काम गर्ने किशोरी घर नजिकैको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । नेपालगञ्जको वसुदेवपुरस्थित प्रहरी हवल्दारको घरमा विगत ५ वर्गदेखि काम गर्दै आएकी १३ वर्षीया किशोरीले बिहीबार राति घर परिसरकै एक रूखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रहरी हवल्दारद्वय रुस्कल शाही र शान्ता मल्ल श्रीमान–श्रीमतीको घरमा काम गर्दै आएकी बाजुराकी किशोरी घर अगाडिको बगेनाको रूखमा रातो सलले पासो लगाएर झुण्डिएको अवस्थामा बालिका भेटिएकी हुन् ।

बालिकाको शवलाई अहिले पोस्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा राखिएको बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंह बताए । प्रवक्ता सिंहले रूखमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको बताउँदै कसैले मारेर झुण्ड्याएको हो वा आफैँ आत्महत्या गरेको हो पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने जानकारी दिए ।
उनका अनुसार किशोरीको घरपरिवारका सदस्यलाई बोलाइएको छ । उनीहरू बाजुराबाट हिँडिसकेको खबर आएको उनले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७६ शुक्रबार ००:००  २ : ०० बजे