२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

बजारभरी भारतीय तरकारी, कपिलवस्तुका किसानले लगाएको तरकारी बोटमै कुहिदै



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १० मोतिनगर स्थित रामघाट खोलकोे बगरमा फलेको तरकारी यतिबेला बजार लग्ने बेला हो । तर कपिलवस्तुको सदरमुकाम तौलिहवा लगायत जिल्लाका बजारहरुमा भारतीय तरकारी बिक्री भईरहेको छ । लकडाउनका बेला जिल्लामा उत्पादित तरकारीको माग समेत उच्च छ । तर, जिल्लामा उत्पादन भएका तरकारी बजारसम्म कृषकहरुले लैजान नपाउँदा भारतीय तरकारीले नै अहिले बजार ढाकेको छ ।

लगानी गरेको रकम उठाई अहिले नाफा हात पार्ने समय थियो । तर, त्यहाँका किसान रामलगन केवट भन्छन ‘नाफा त परै जाओस् लगानी नै नउठ्ला भन्ने पिर भइसक्यो ।’ खोला बगरमा लगाईएको तरकारी यो पटक घाटा मात्र होइन उत्तिनै मानसिक तनाव पनि थपिदिएको केवटले सुनाए ।

बगरमा बिक्रीका लागि तयार भएको तरकारी बेच्न नपाउँदा बन्दा, भान्टा, टमाटर, मुला, खुर्सानी लगायतका तरकारी बोटमै कुहिएको उनले बताए । कोरोना भाइरस संक्रमणको खतरासँगै देश लकडाउनमा गएपछि पुख्र्यौली रूपमा केवट परिवारले गर्दै आएको तरकारी खेती यो वर्ष संकटमा फसेको हो । मोतिनगरका कृषकले बगरभरि तरकारी लगाएका छन् तर बजारमा माग भएकै बेला ढुवानी गर्न भने पाएका छैनन् । ‘अहिले मानिसहरू निस्कन पाएका छैनन् । सहरमा तरकारीको माग त झन् बढेको छ तर हामीले सहज रूपमा लैजान सकेका छैनौं उनले भने ।’

तरकारी सहज र रोकटोक बिना बजारसम्म लग्ने वातावरण बनाइनु पर्ने उनले माग गरे । मोतिनगरमा उत्पादन भएको तरकारी कपिलवस्तुको तौलिहवा लगायत अधिकांसहाट बजार सहीत छिमेकी जिल्ला अर्खाखाँची, बुटवल, पोखरासम्म निर्यात हुने गथ्र्यो । रामघाटको बगरमा लौका, फर्सी, काँक्रा, करेला, बोडी भान्टा खुर्सानी टमाटरसमेत बालौटे माटोमा अधिक मात्रामा लगाउने गरिन्छ । ‘खोलाको बगरमा तरकारी लगाएको छु तर, बजारमा बिक्री वितरण गर्ने लैजान समस्या भएको छ’, ‘स्थानीय कृषक रमेश केवटले ५ कठ्ठामा लटरम्म फलेको काक्रो देखाउदै भने ।’

साइकलमा राखेर बजार लादा प्रहरी राक्ने र फिर्ता पठाउने गरकाले समस्यामा परेको उनले बताए । तरकारी गाईगोरुलाई खोले बनाएर खुवाउने अवस्था आयो उनले भने । बजारमा स्थानीय तरकारीको माग गरे पनि लान नदिईएकाले आफुहरु मर्कामा परेको उनले गुनासो गरे । मोतिनगरमा रहेको ४५ पविार पुरै ब्यवसायिक खेतमा लागेका छन । मौसमी र बेमौसमी तरकारी तथा खरबुजा उतपदनका लागि मोतिनगर प्रख्यात छ ।

५ कठ्ठामा लगाएको काँक्रो बजारमा लैजाने अहिले ठीक समय हो । तर एक लाख रुपैयाको काँक्रो बिक्री नभएर कुहिने अवस्थामा पुगको कृषक रमेश केवटले गुनासो गरे । यातायात छैन । बजार बन्द छ । केवटले लकडाउन अझै थपिँदै गएकाले बजारमा माग भए पनि तरकारी पठाउन नसक्दा समस्या भएको बताए ।

मोतिनगरका किसानले तरकारीको ढुवानी व्यवस्थापन मिलाउन नगरपालिकाले नै पहल लिनुपर्ने समेत बताएका छन् । बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले वडा नम्बर १० मा रहेको मोतनिगर, देवपुरा, झलवा लगायतका गाउँमा उत्पादित तरकारी लकडानउका कारण बिक्री गनै समस्या भएको बताए । ती गाउँका तरकारी सहज रुपमा बिक्री गर्न नगरपालिकाले पहल गर्ने उनले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ७ : ५० बजे