६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

अर्घाखाँचीः द्रुत परिक्षणमा कोरोना ‘पोजेटिभ’ देखिएका एक व्यक्तिको स्वाव परिक्षण ‘नेगेटिभ’



मायादेवी अनलाइन, अर्घाखाँची ।
कोरोना भाइरसको द्रुत परिक्षणमा पोजेटिभ देखिएका एक व्यक्तिको रिर्पोट स्वाव परिक्षणमा नेगेटिभ आएको छ ।

मंगलबार जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ का एक व्यक्तिमा द्रुत परिक्षणका क्रममा कोरोना पोजेटिभ देखाएको थियो ।

लगत्तै उनको स्वाव परिक्षणका लागि बुटवल पठाइएको थियो । बुधबार आएको रिर्पोट अनुसार उनको स्वाव नेगेटिभ देखिएको नगरपालिका स्रोतले जनाएको छ ।

यस भन्दा अगाडि पनि नवलपरासीक एक बृद्धको द्रुत परिक्षणमा कोरोना पोजेटिभ देखिएपनि स्वाव परिक्षणको रिर्पोट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  १ : ०६ बजे