१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दाङमा ‘लकडाउन’मा पसल खोल्ने सातजना व्यापारी पक्राउ



दाङ ।
लकडाउनमा अत्यावश्यकभन्दा अन्य पसल खोलेको भन्दै दाङको तुलसीपुर प्रहरीले बिहीबार बिहान ७ जना व्यापारीलाई पक्राउ गरेको छ ।
फेन्सी, स्टेसनरी, जुत्ता पसल लगायतका पसल सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिनुभयो ।
पटकपटक सम्झाइ बुझाइ गर्दा समेत अटेरी गरेर लकडाउनको उल्लङ्घन गरी पसल खोलेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । प्रहरीले सम्झाउँदा समेत उल्टै विवाद गरेकाले नियन्त्रणमा लिन बाध्य भएको प्रहरीले बताएको छ । प्रहरीले व्यापारीको नाम भने खुलाएको छैन ।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  ५ : १७ बजे