६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

अबोध बालबालिका बमले मारिएपछि त्रिवेणी गाउँ शोकमा डुब्यो, शव अझै उठ्न सकेन



रोल्पा ।
रोल्पाको त्रिवेणी गाउँपालिकामा वम विष्फोटमा परी निधन भएका ४ बालबालिकाको शव अझै सम्म उठ्न सकेको छैन ।

विस्फोट नभएको बम समेत नजिकै फेला परेका कारण त्यसैको त्रासले अझैसम्मम त्यस स्थानमा पुगेर शव उठाउने बातावरण नहुँदा शव उठ्न नसकेको जनाइएको छ । बम डिस्पोट गर्नको लागी नेपाली सेना राति नै घटनास्थल पुगे पनि अझैसम्म वम डिस्पोज हुन नसकेको रोल्पाका प्रहरी नायब उपरिक्षक (डिसपी) चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रहरीले अहिले घटनास्थल सिल गरेको छ । घटनास्थलमा प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुन मगर, प्रदेशका कानुन मन्त्री कुलप्रसाद केसी पनि जानु भएको छ । त्यसपछि घटनाको विस्तृत जानकारी आउने बताइएको छ ।

बम विष्फोटमा चार अबोध बालबालिकाको मृत्यु भएपछि अहिले पुरै गाउँ शोकमा छ । गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले सिङ्गो गाउपालिका शोकमा रहेको जानकारी दिनुभयो ।

बम विस्फोट भएको स्थानबाट अलि ढाटा दुम्लाखोलामा ०६२ मा तत्कालीन नेकपा माओवादी र शाही सेनाबीच भिडन्त भएको थियो । उक्त बम द्वन्द्वमा नै छाडिएको हो अथवा अरु नै हो भनेर प्रहरीले अनुसन्धान पछि स्पष्ट पार्नु पर्ने स्थानयिले माग गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  १ : ४४ बजे