६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

अपडेटः नेपालगञ्जमा कोरोना पुष्टि भएका भनिएका मध्ये एक जना रुपन्देहीका



मायादेवी अनलाइन, बुटवल ।
शुक्रबार प्रदेश ५ को नेपालगञ्जमा दुई जना कोरोना संक्रमित फेला परेका मध्ये एक जना रुपन्देहीका रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कोरोनाको संक्रमण हुने पुरुष शुक्रबार रुपन्देहीका २५ वर्षीय रहेका छन् । उनको नाम र ठेगाना भने खुलाइएको छैन् । स्रोतका अनुसार उनी कोटहीमाईमा रहेको जनाइएको छ। उनीसंगै कोरोना संक्रमित हुने अर्का व्यक्ति बाँकेका ६० वर्षीय पुरुष रहेका छन् ।

दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि डा. अधिकारीले जानकारी दिएका छन् । त्यस्तै हालसम्म नेपाल ५९ जनामा कोरोना संक्रमण भेटिएको छ भने १६ जना निको भएर घर फर्किइसकेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  २ : ४५ बजे