५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

स्वस्थ रहन किन आवश्यक छ भिटामिन ‘डी’ ? जानिराख्नुस



एजेन्सी ।
अहिले नेपालसँगै विश्वका अधिकांश देशमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको छ । महामारीको समयमा संक्रमणबाट बच्नु मात्र नभई अन्य कुनै पनि प्रकारका रोग लाग्न नदिएर स्वस्थ रहनु अर्को महत्वपूर्ण पक्ष हो, जसका लागि भिटामिन ‘डी’युक्त खाना उपयुक्त हुन्छ ।

यसकारण आवश्यक

  • अहिलेको अवस्थामा शरीरलाई कुनै पनि प्रकारका रोगबाट बचाउन आवश्यक छ । शरीरलाई स्वस्थ राख्न ‘भिटामिन डी’युक्त खानेकुरा खान आवश्यक छ अन्डा, दही, दाल, माछाजस्ता खानामा भिटामिन ‘डी’ पाइन्छ ।
  • भिटामिन ‘डी’ले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि नल्याए पनि हड्डी, दाँत तथा मांशपेसीको समस्या हुन नदिन मद्दत पु(याउँछ । यस प्रकारका समस्याबाट बच्नु शरीरलाई बाहिरी रोगसँग लड्न मद्दत मिल्नुसरह हो । भिटामिनयुक्त खानाले शरीरलाई स्वस्थ र मजबुत राख्न मद्दत गर्छ ।

बिहानको घाम ‘प्रमुख स्रोत’

वैज्ञानिकहरूले ‘भिटामिन डी’ सजिलै प्राप्त गर्न बिहानको घाम ताप्नुपर्ने बताउँदै आएका छन् । यसर्थ, लकडाउनको समयमा पनि चाँडो उठ्न जरुरी छ । अल्छी गरेर ढिलोसम्म सुत्दा हाम्रो शरीरलाई चाहिने आवश्यक ‘भिटामिन डी’ पाउनबाट वञ्चित हुने दाबी उनीहरूको छ ।

कोरोनाविरुद्ध कति उपयोगी ?

भिटामिन ‘डी’ले कोरोना लाग्नबाट जोगाउँछ भन्ने पुष्टि भएको छैन । यद्यपि, यसको प्रयोगले स्वस्थ रहन हामीलाई मद्दत पु¥याउने वैज्ञानिकहरूको भनाइ छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  ३ : १४ बजे