४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वाणगंगामा ५५ जनाको स्वाब संकलन गरियो



मायादेवी अनलाइन, चार नम्बर ।
बाणगंगाको सिद्धार्थ क्याम्पसको क्वारेनटाइनमा रहेका ५५ जनाको आइतबार स्वाब संकलन गरिएको छ । पिपरा अस्पतालका प्राविधिकको सहयोगमा ५५ जनाको स्वाब संकलन भएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

अहिले क्वारेनटाइनमा ८० जना रहेका र बाँकी २५ जनाको स्वाब सोमबार लिइने स्वास्थ्य शाखा अधिकृत भक्ति पाण्डेले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । संकलन गरिएका स्वाबको रिपोर्टको लागि आइतबार नै राष्ट्रिय प्रयोगशाला टेकु काठमाण्डौँ पठाइएको उहाँले बताउनु भयो । स्वाबको रिपोर्ट तीनचार दिनमा आउँने छ ।

उहाँले पहिले क्वारेनटाइनमा रहेकाहरुको स्वाब संकलन सकेर सचारकर्मी र अरुको स्वाब लिइने जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार कोरोना संक्रमित वडा नम्बर ४ की बालिकाको अधिक सम्पर्कमा आएका ब्यक्ति र संचारकर्मीको स्वाब लिइने छ ।

आइतबार अत्यधिक गर्मी भएका कारण पनि स्वाव लिने प्राविधिकहरुलाई समस्या भएकोले धेरैको स्वाब लिन नसकिएको उहाँको भनाई छ । क्वारेनटाइनमा ७ या ८ दिनअवधि पुरा गरेकाहरुको स्वाब लिने गरिन्छ । पहिलो चरणमा यो अवधि पुरा भएका सबैको र दोश्रो चरणमा बाँकीको स्बाब लिइने बताइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७ आइतबार ००:००  ७ : ४२ बजे