८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

क्रिमसनले विज्ञप्ति निकाल्दै भन्योः भ्रामक हल्ला नगरौं, संक्रमितको उपचार जारी छ



रुपन्देही ।
गुल्मी मदानेका ४१ वर्षीय कोरोना संक्रमित व्यक्तिको आईसीयूमा उपचार जारी रहेको बताउँदै बुटवलमा रहेको क्रिमसन अस्पतालले गलत हल्ला नगर्न आग्रह गरेको छ ।

अस्पताल प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विभिन्न सञ्चारमाध्यममा यसबारे समाचार सम्प्रेषण हुनु स्वाभाविक हो तर केही सामाजिक सञ्जाल तथा मिडियाहरुमा निज बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरंजित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकाले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न हुन सम्पूर्णमा अपिल गर्दै निज बिरामी यस अस्पतालको आईसीयू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचाररत रहेको जानकारी गराउँदछौं ।”

प्रकाशित मिति : ६ जेष्ठ २०७७ मंगलबार ००:००  १० : ५९ बजे