४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मनिषामाथि तुच्छ ब्यावहार गर्ने सबै भारतीय च्यानल बन्द गरौँः हास्य कलाकार घिमिरे (भिडिओ)



मायादेवी अनलाइन, चार नम्बर ।
चर्चित हास्य कलाकार अर्जुन घिमिरे(पाँडे) ले नेपाल सरकारले सबै भारतीय च्यानल बन्द गर्नु पर्ने बताउनु भएको छ । आफ्नो भूमिको बारेमा ट्विटरमा सामान्य रुपमा कुरा राखेकै कारण नेपाली कलाकार मनिषा कोइरालामाथि ज्यादती गरेका कारण अब नेपालमा प्रसारण हुने सबै भारतीय च्यानल बन्द गर्नु पर्ने घिमिरेले बताउनु भएको हो ।

विहिबार विहान रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम कोरोना विशेष संवादमा कुरा गर्दै घिमिरेले मनिषाको विषयमा भारतीय मिडियाले तुच्छता प्रदर्शन गरेर विश्वभर आफ्नो छवी उदाङ्गो पारेको बताउनु भयो ।

अब यसको निम्ति लक डाउन भए पनि सामाजिक संजालबाटै कलाकार, नेता, मन्त्री, जनता सबैले त्यसको विरोध गर्नु पर्ने बताउँदै नेपाली मिडिया जगत् पनि शिष्ट भाषामा उनीहरुमाथि खनिनु पर्ने बताउनु भयो ।

उहाँले नेपाल सरकारले जारी गरेको नक्सा मान्दैनौँ भनेर भारतले अर्को गल्ती गरेको बताउनु भयो । मनिषाले आफ्नो देशको माटोको लागि ठुलो वीरता प्रदर्शन गरेको भन्दै भारतीय हेपाई नसही नेपाल आएर बस्न पनि उहाँले सुझाउनु भएको छ ।
बाँकी कुरा सुन्न तल क्लिक गर्नुहोला ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ९ : १४ बजे