४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

भारतले हेप्न छाडेन, सीमामा बलमिच्याँई गर्‍योः पूर्व राजदूत उपाध्याय (अन्तर्वार्ता)



मायादेवी अनलाइन, चार नम्बर ।
भारतका लागि पूर्व नेपाली राजदूत दीप कुमार उपाध्यायले नेपाल भारत विवाद सिमा विबाद कुटनैतिक तवरबाट समाधान गर्नुको विकल्प नरहेको बताउनु भएको छ । नेपाल र भारतबीच सिमा विबाद लामो समयदेखि रहेकाले दुई देशले तिक्तता बढाएर भन्दा पनि वार्ता र संबादबाट सिमा विवाद समाधान गर्नु पर्ने बताउनु भयो ।

भारत हाम्रो छिमेकी भए पनि पछिल्लो समय उसले देखाएका गतिविधिले नेपाली जनता खुसी नभएको उहाँको भनाई छ ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको विहानी प्रस्तुति कोरोना विशेष संबादमा शुक्रबार विहान अन्तर्वार्ता दिँदै पूर्व मन्त्री समेत रहनु भएका उपाध्यायले कोरोना लगत्तै दुई देशले सार्थक बार्ता गर्नु पर्ने बताउनु भयो । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको प्रष्ट हुँदा हुँदै पनि भारतले बल मिच्याई गरेर भूमी हडप्ने काम गरेको भन्दै त्यो नेपालीको लागि सह्य नहुने उपाध्यायको जिकिर छ । उहाँले नेपालको नयाँ नक्सा जसरी पनि स्विकार गर्नु पर्ने बताउनु भयो ।

भारतले परराष्ट्र र कुटनैतिक मर्यादा विपरित नेपाली भूमिमा सडक उद्घाटन गरेको भन्दै भारतीय सेनाध्यक्षको भनाई कुटनैतिक मर्यादा विपरित रहेको उहाँले बताउनु भयो । उनको अभिव्यक्ति सुनेर आफू पनि छक्क परेको उहाँको भनाई छ ।

भारतले बंगलादेश, पाकिस्तान जस्ता छिमेकी मुलुकसंग हेपाह प्रवृत्ति लाद्ने गरेको स्मरण गर्दै लामो समयदेखि भारतले नेपाललाई हेप्न नछोडेको बताउनु भयो ।

मोदी सरकार आएपछि नेपाललाई हेप्ने काम केही कम भए पनि छिमेकीलाई गर्ने ब्यवहारमा पनि मोदी परिपक्क नरहेको आफूले पाएको बताउनु भयो । मिचिएको भूमि फिर्ता ल्याउनु नेपालको अधिकार रहेको भन्दै वर्तमान सरकारले गरेको निर्णय सराहनीय भएको उहाँको भनाई छ । उहाँले यस विषयलाई लिएर भारतीय मिडियाले देखाएको ब्यवहार कत्ति पनि ठीक नभएको उहाँको भनाई छ ।

पूर्व राजदूत उपाध्यायले नेपालले पनि कुटनैतिक मर्यादा र परराष्ट्र नीति विर्सेर काम गर्दा पनि समस्या उत्पन्न भइरहेको उहाँको भनाई छ ।

नेपालमा बन्ने हरेक सरकारका नेतृत्व र परराष्ट्र मन्त्रीहरुले परराष्ट्र र कुटनैतिक हित विपरित काम गर्दा भारत चिढिएको र सिमा बिबाद समाधान हुन नसकेको उहाँको ठम्याइँ छ । सीमा समस्या कुटनैतिक ढंगले वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने भन्दै जिम्मेबार ब्यक्तिले अभिव्यक्ति दिँदा निकै सचेत हुनु पर्ने उहाँले भनाई राख्नु भयो । उहाँले भन्नुभयो–, ‘म राजदूत हुँदा पनि सुस्ता र कालापानीको सिमा विवादबारे कुरा उठ्ने गर्दथ्यो । यी भूमि विवादास्पद भूमि हुन् भन्ने कुरा थाहा हुँदाहुँदै भारतले किन बलमिच्याई गरिहेको छ मलाई थाहा छैन ।’

कसैको उक्साहटमा नेपालले पछिल्लो कदम चालेको भन्ने भारतीय आरोपमा कुनै सत्यता नभएको पनि उपाध्यायको भनाई छ ।

उहाँसंगको अन्तर्बार्ता पुरा सुन्न तल क्लिक गर्नुहोला ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७ शुक्रबार ००:००  ७ : ४३ बजे