रेडियो   टिभी

रुपन्देहीमा फेरि थपिए ७ जना कोरोना संक्रमित, सबै भारतबाट आएका


रुपन्देही ।
रुपन्देहीमा शुक्रबार सात जना थप कोरोना संक्रमित फेला परेका छन् । जिल्लाको गैडहवा गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बस्ने सात जनामा कोरोना संक्रमण भेटिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।

यद्यपि, स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी नै छ । शुक्रबार संक्रमण पुष्टि भएका सबै सातै जना पुरुष हुन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख गिरीका अनुसार उनीहरू ३ देखि ४० वर्षका छन् ।

उनका अनुसार सबैजना भारतबाट हालै नेपाल आएकाहरू हुन् । उनीहरू सबै क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा नै रहेको उनले बताए । योसँगै रुपन्देहीमा २९ जना संक्रमित रहेकोमा नयाँ थपिएपछि संक्रमितको संख्या ३६ पुगेको छ । बुटवलमा बनाइएको कोरोना विशेष अस्पतालमा उपचारपछि एकजना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस