८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दाङका एक कोरोना संक्रमित निको भए



दाङ ।
काठमाडौंमा रहेका तुलसीपुरका एक संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । तुलसीपुर उपमहानगरनगरपालिका वडा नं. ४ रक्षाचौर निवासी ४७ बर्षीय ती पुरुषमा जेठ २ गते काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

९ दिन पाटन अस्पतालको उपचार पछि उनी निको भएका हुन्। उनी आइतबार ९जेठ११ गते० डिस्चार्ज भएको तुलसीपुरका मेयर घनश्याम पाण्डेले जानकारी दिए।

डिस्चार्ज भएपछि ती व्यक्तिले आफुलाई घर आउनले प्रवन्ध गरिदिन आग्रह गरेको हुँदा त्यसको तयारी भइरहेको मेयर पाण्डेले बताए ।

शान्तिनगर गाउँपालिका निवासी बहिनी ज्वाँईको उपचारका लागि झन्डै डेढ महिना अगाडि काठमाडौंमा गएका उनलाई शिक्षण अस्पतालमा विरामी कुरुवाको रुपमा बस्दा संक्रमण भएको अनुमान गरिएको थियो । दाङमा स्वाब परीक्षण गर्दा गढवा गाउँपालिकाका दूई र घोराहीका एकजना गरि तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै काठमाडौंमा परीक्षण गर्दा दाङको तुलसीपुर ४ का एक र घोराही ९ का अर्का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङका कुल ५ संक्रमित मध्ये तुलसीपुर रक्षाचौरका व्यक्तिले कोरोना जितेपछि अब दाङका कोरोना संक्रमित ४ जना रहेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ११ : ५७ बजे