४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

गणतन्त्र दिवस मनाइरहदा गणतन्त्र माथि नै प्रश्नै प्रश्न ? (विशेष रेडियोर्वार्ता)



मायादेवी अनलाइन, चारनम्बर ।
आज मूलुकभर १३ औं गणतन्त्र दिवस मनाईदै छ । गत बर्ष गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदै आएपनि यस बर्ष कोरोना महामारीका कारण लकडाउन भएको अवस्थामा सामाजिक सञ्जाल तथा मिडियाबाट शुभकामना आदनप्रदान गर्ने काम भएको छ । यद्यपि साँझदेखि तीन दिन घरघरमा दीपावली गर्न सरकारले आह्वान गरेको छ ।

यसैबीच सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले सञ्चालन गरेको १३ औं गणतन्त्र दिवस विशेष कार्यक्रममा बोल्दै विभिन्न पार्टीका जिल्ला तथा केन्द्रिय नेताहरुले गणतन्त्रको भविष्य माथि नै प्रश्नै प्रश्न खडा गरेका छन् । देशमा राजतन्त्र फालिए पनि सामन्तबादी चिन्तन, नेताको कार्यशैलीका कारण गणतन्त्रबाट प्राप्त उपलब्धीहरु धरापमा पर्न थालेको ती नेताहरुले बताएका छन ।

कार्यक्रममा शुभकामना सन्देश दिदैँ नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले गणतन्त्रबाट नेपाली जनताले संविधानसभाबाट संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक जस्ता उपलब्धीहरु प्राप्त गर्नु गणतन्त्रको ऐतिहासिक काम भएको बताउनुभयो । मूलुक अहिले संघीयताको संरचनामा चल्दै गरेकाले यी उपलब्धीहरुको संस्थागत गर्नु सबै दलहरुको अवको जिम्मेवारी भएको अध्यक्ष पोख्रलले बताउनुभयो । तरपनि, नेताहरुको कार्यशैली सामन्तबादी सोचको अवशेष, कर्मचारीतन्त्रको चरित्र आदिले गर्दा गणतन्त्रमाथि जनताले धेरै प्रश्नहरु गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले अब नेताहरुले महंगो जीवनशैली त्यागेर जनजीविकाको पक्षमा काम नगरेमा गणतन्त्र बलियो हुन नसक्ने बताउनुभयो ।

नेपाली कांग्रेसका कपिलवस्तु सभापति सुरेन्द्रराज आचार्यले गणतन्त्र खतरामा परेको टिप्पणी गर्नुभएको छ । नेपाली जनताले (नेकपा)लाई दुईतिहाईको बहुमत दिएपनि राम्रो काम गर्न नसकेको भन्दै गणतन्त्रमाथि बढी प्रश्न उब्जिन थालेको बताउनुभयो । चारैतिर जनताका निरासा मात्र रहेको गुनासा सुन्नुपर्दा गणतन्त्रले जनतालाई केहि नदिएको आफुले अनूभुति गरेको पनि उहाँले सुनाउनुभयो । संघीयतापछि केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको सरकार सञ्चालन भएपनि थुप्रै कमजोरी रहेकाले सच्चिएर नजादासम्म गणतन्त्र खतरामै रहेको उहाँको भनाई छ ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा युवा नेता मनिकर कार्कीले गणतन्त्रकै विकल्प नभएको हुँदा व्यवस्था परिवर्तनको माग कसैले गर्छ भने त्यसले मूलुकलाई बर्षौबर्ष पछाडी धकेल्ने बताउनुभयो । रेडियो मायादेवीबाटै शुभकामना दिदै उहाँले यस व्यवस्थालाई टिकाई राख्न सबै दलका नेताहरु सच्चिनुको विकल्प नभएको बताउनुभयो । अझैपनि संविधान पूर्ण नभएकाले आदीबासी जनजाती, मधेसी समुदाय इत्यादीका मागहरुलाई संविधान संशोधन मार्फत पूरा गर्नुपर्नेको सट्टा सरकारले त्यसो नगरेका कारण थुप्रै असन्तृष्टि पूरा गर्न बाँकी रहेको भन्दै गणतन्त्रमाथि प्रश्न खडा गर्नुभएको हो । साथै उहाँले सबै दलका नेताको चरित्र सुधार हुनुपर्ने, मिलेर जानु पर्ने लगायतका कुराहरु राख्दै गणतन्त्र दिवसको शुभकामना दिनुभयो ।

यता राष्ट्रिय जनमोर्चाका नेता हिमलाल वाग्लेले भने गणतन्त्रले केहि पनि दिन नसकेको भन्दै संघीयता खारेजीको माग गर्नुभयो । गणतन्त्रको भविष्य माथि सबैभन्दा धेरै प्रश्न राख्नुभएका उहाँले ‘खसीको टाउको झुण्डाएर कुकुरको मासु’ बेच्ने राजनीतिक व्यवस्थाले जनताको पक्षमा काम गर्नै नसक्ने जिकिर गर्नुभयो । निकै आक्रोसित अन्तर्वार्ता दिनुभएका उहाँले नेताले केवल भोट माग्ने काम नगर्ने, शासनसत्ता मात्र टिकाउने खेलमा लागेको हुँदा यिनीहरुबाट कुनै आशा गर्ने ठाउँ नभएको बताउनुभयो । साथै उहाँले देशको एकमात्र राष्ट्रप्रेमी पार्टी राष्ट्रिय जनामोर्चा मात्रै नभएको हुँदा अबका चुनावमा सांगठानिक रुपमा बलियो भएर जाने बताउनुभयो ।


उहाँ चारैजना नेताहरुसंग लिइएको अन्तर्वार्ता सुन्न यहाँ क्लिक गर्नुहोला ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  १० : ५७ बजे