१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

१५ जना सङ्क्रमितलाई कोरोना विशेष अस्पताल पठाइयो



दाङ ।
दाङमा बुधबार कोरोना पुष्टि भएका १५ जनालाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ । लमहीमा रहेको शाहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको क्वरेन्टीनमा बसेकामध्ये ८ जना र घोराहीमा पुष्टि भएका ७ गरी १५ जनालाई कोरोना विशेष अस्पताल बेल्झुण्डी लगिएको हो । कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

विशेष अस्पताल लगिएकाहरुमा लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय पुरुष, वडा नम्बर २ का १७ र ३० वर्षीय पुरुष, वडा नम्बर ४ का २६ वर्षीय पुरुष, वडा नम्बर ५ का २० वर्षीय पुरुष र २० वर्षीया महिला, वडा नम्बर ६ का १८ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर ८ निवासी २३ वर्षीय पुरुष छन् ।

यस्तै घोराही उपमहाननगरपालिका १० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का ४ जना रहेका छन् । उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन्।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ११ : ४० बजे