१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बर्दियामा थप तीन जनामा कोरोना संक्रमण



बर्दिया ।
बर्दियामा आज ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाको राजापुर नगरपालिका बडा नं ६ महुवाका २९ बर्षिय एक पुरुष, वडा नं ७ शंकरपुरका ३४ बर्षिय एक पुरुष र वडा नं ९ बनियापुरका ३० बर्षिय एक पुरुष गरी ३ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।

संक्रमित तिनै जनालाई राजापुरमा रहेको आइसुलेसन कक्षमा राखिएको राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले जानकारी दिनुभयो । आज नयाँ संक्रमित ३ जना सहित बर्दियामा कोरोना संक्रमितको संख्या १० पुगेको छ ।

राजापुर नगरपालिका वडा नं. ५ कि ११ बर्षिय बालिका कोरोनालाई जितेर घर फर्किसक्नु भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ५ : ३७ बजे