१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

कपिलवस्तुमा ५१ कोरोना संक्रमित थपिए, जम्मा संख्या पुग्यो १ सय ८८



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा वितेको २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खर दिएको जानकारी अनुसार आज यति ठुलो संख्यामा संक्रमित थपिएका हुन् ।

आज थपिएसंगै कपिलवस्तुमा जम्मा संक्रमितको संख्या १ सय ८८ भएको छ ।

कपिलवस्तुमा शुक्रबार एकै पटक ५१ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ । जिल्लामा यति धेरै संख्यामा संक्रमित थपिएको यो पहिलो पटक हो । यशोधरा गाउँपालिकाका ३६, बुद्धभूमि नगरपालिकाका २ जना पुरुष, कृष्णनगर नगरपालिकाका ११ जना र बिजयनगर गाउँपालिका ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यशोधरा गाउँपालिका वडा न ३ का वर्ष ३७ देखि ५२ सम्मका ४ जना, वडा न ४ का वर्ष ४५ का पुरुष १ जना, वडा न ५ का वर्ष ७ का बालक १ जना, वडा न ६ का वर्ष ६ देखि ५० सम्मका २३ पुरुष र वडा न ७ का १५ देखि ५० वर्षसम्मका ७ पुरुष ९ कुल ३६० जना छन् । बुद्धभूमि नगरपालिका ४ का वर्ष ३६ पुरुष १ जना, वडा न ८ वर्ष २४ का पुरुष जना छन् । कृष्णनगर नगरपालिका वाड न १ का वर्ष २६, २७, २७, २७, ३०, ४८ का पुरुष ६ जना, वडा न २ का वर्ष १८, २३, ४२ का पुरुष ३ जना, वाड न ४ का वर्ष २३ का पुरुष १ जना गरि ९ जना छन् ।

विजयनगर गाउँपालिका वडा न ७ का वर्ष १६ देखि २८ सम्मका ३ जना पुरुष छन् । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । शुक्रबार ३६ जना थपिएसंगै यशोधरामा मात्र ७२ जना संक्रमित पुगेका छन् । जिल्लामा १५ जना निको भई घर फर्केका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ४ : ३५ बजे