१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कृष्णनगरमा ११ र बुद्धभूमिमा २ जना कोरोना संक्रमित थपिए



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा थप १३ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार कृष्णनगर नगरपालिका र बुद्धभूमिमा संक्रमित थपिएका हुन ।

थपिएका मध्ये बुद्धभूमिका २ र कृष्णनगरका ११ जना छन ।
कृष्णनगर नगरपालिका वडा न. १ का बर्ष २६, २७, २७, २७, ३०, ४८का पुरुष ६ जना रहेका छन ।
यस्तै वडा नं. २ का बर्ष १८, २३, ४२ का पुरुष ३ जना र वडा नं. ४ का बर्ष २३ का पुरुष १ जना पुरुष रहेका छन ।
यस्तै बुद्धभुमि नगरपालिका वडा न. ४ का बर्ष ३६ पुरुष १ जना, वडा नं. ८ बर्ष २४ का पुरुष गरी दुई जना थपिएका छन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ४ : ३९ बजे